धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

असोज १० गते देखि तेश्रो हार्डवेयर एक्सपो

निर्माण सामग्री सम्बन्धी नागरिकलाई जानकारी दिन कैलाली हाडवेयर संघले एक्सपो आयोजना गर्दै आएको छ ।

असोज १० गते देखि तेश्रो हार्डवेयर एक्सपो

धनगढी धनगढीमा असोज १० गते देखि तेश्रो हाडवेयर एक्सपो २०८० सञ्चालन हुने भएको

कैलाली हाडवेयर व्यवसायी संघको आयोजनामा धनगढी शहीदगेट स्थित सौराई व्याङकेटमा एक्सो सञ्चालन हुने आयोजकले जनाएको

सम्पुर्ण निर्माण सामग्रीको बारेमा नागरिकलाई एकै ठाउँमा सुलभ जानकारी दिनका लागि एक्सपो आयोजना गरिने कैलाली हाडवेयर व्यवसायी संघका अध्यक्ष कुवेर शाहीले बताए उपभोक्तामा निर्माण सम्बनधी बजारमा कस्ता सामग्री उपलब्ध छन्, गुणस्तर कसरी पत्ता लगाउने, कुन सामग्री कहाँ पाइन्छ भन्ने ठुलो दुविधा देखिन्छ, अध्यक्ष शाहीले भने, ‘त्यसलाई चिर्नका लागि हामीले हाडवेयर एक्सपो सञ्चालन गर्दै आएका छौं, एक्सपोले उपभोक्तालाई सवैभन्दा बढी फाइदा पुग्ने

मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष शाहीले कैलाली जिल्ला भित्र छरिएर रहेका निर्माण सामाग्री तथा हार्डवेयर व्यवसायीहरूको छाता संगठन कैलाली हार्डवेयर व्यवसायी संघद्वारा व्यवसायीक वस्तुगत बजार विकासका लागी वि..२०७५ देखि निर्माण सामग्री हार्डवेयर एक्सपो आयोजनाको थालनी गरिएको बताए तर विचमा कोरोा संक्रमणका कारण केही समस्या भएपनि यस पटक देखि पुनः त्यसलाई निरन्तरता दिइन लागिएको उनले बताए

आफ्ना उपभोक्ताहरुद्धारा आफ्ना घर निर्माणका लागी चाहीने विभिन्न किसिमका वस्तुहरू एकै छातामुनि अवलोकन गरेर त्यसको गुणस्तर बुझेर आफूलाई आवश्यक वस्तुको निर्णय गर्न सक्ने गरी आफूहरूले वर्षमा एक चोटि एक्सपोको आयोजना गरिएको हो विभिन्न क्याम्पसका व्यवस्थापन विज्ञान विषयका विद्यार्थीहरूको लागी यो एक्सपो एउटा विषयगत प्लेटफर्म हो

जहाँ उनीहरूले पाँच दिन सम्म एउटा महत्त्वपूर्ण व्यवहारिक ज्ञानको रूपमा अध्ययन गर्न सक्ने कैलाली हार्डवेयर संघले जनाएको समग्रमा सुदूरपश्चिमको विकासमा एक्सपोले महत्वपुर्ण भुमिका निर्वाह गर्ने संघका निवर्तमान अध्यक्ष सुरेन्द्र राठीले बताए एक्सपो आयोजना पछि सुदूरपश्चिममा निर्माण सम्बन्धी नयाँ प्रबिधि भित्रिएको उनको भनाई त्यतिमात्र नभई एक्सपोका कारण उत्पादक कम्पनिलाई समेत यहाँका उपभोत्ताका आवश्यकता अनुसार सामग्री उत्पादन गर्न सहज भएको उनले बताए

एक्सपो उपभोक्ता उत्पादकलाई जोड्ने पुल पनि हो, निवर्तमान अध्यक्ष राठीले भने, ‘आम नागरिकलाई निर्माण सामग्रीको बारेमा राम्ररी बुझ्ने मौका हुनेछ भने, उत्पादकलाई यहाँको मागका बारेमा बुझ्ने राम्रो अवसर हुने

आम नागरिकले एक्सपोको निःशुल्क अवलोकन गर्न पाउने छन् त्यसैगरी एक्सपो अवधिमा सम्पूर्ण निर्माण सामग्री खरिदमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको अध्यक्ष शाहीको भनाई एक्सपोमा ५० वटा भन्दा बढी कम्पनी तथा व्यवसायीहरूका स्टलहरू राखिने जनाइएको ती स्टलमा नेपाल लगायत भारत बैंगलादेशका उद्योगी तथा व्यवसायीले आफ्नो उत्पादनको प्रदर्शन ीगर्ने छन्

असोज १० गतदेखि १४ गते सम्म आयोजना हुने एक्स्पोमा सामाग्री खरिद गर्दा ५० प्रतिशतसम्म छुटको व्यवस्था, लक्की ड्रमाफर्त दैनिक जना अवलोकनकर्ता लाई आकर्षक पुरस्कार लक्की ड्रमाफर्त अन्तिम दिन जना भाग्यमानी अवलोकनकर्ता लाई बम्पर उपहार दिने समेत कैलाली हार्डवेयर संघले जनाएको

अध्यक्ष शाहीले निर्माण सामाग्रीको खरिदमा छुट सहितको मेलाको आयोजना गर्न लागिएको बताए शाहीले हार्डवेयर व्यवसायी तथा निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरूका ५० भन्दा बढी स्टलहरू मेलामा हुने बताए निर्माण सामाग्रीको बिक्री वितरण तथा बजारीकरणका लागि मेलाले सहयोग गर्ने अपेक्षा गरिएको सुदूरपश्चिमका निर्माण व्यवसायी तथा स्थानीयलाई निर्माण सामाग्री कम्पनीका बारेमा जानकारी दिन मेलाको आयोजना गर्न लागिएको हो सुदूरपश्चिममा निर्माण मेला गत वर्ष पनि लागेको थियो

कैलाली हाडवेयर वयवसायी संघले आयोजना गर्ने हाडवेयर एक्सपो २०८० ले ती वटै सरकारलाई प्रत्यक्ष फाइदा पुग्ने

अध्यक्ष शाहीका अनुसार तीन वटै सरकारले निर्माण सम्बन्धी काम गर्दा कस्ता निर्माण सामग्रीको प्रयोग गर्ने भन्ने विषयमा एक्सपोबाट सहजै जानकारी लग्न सक्ने छन् साथै नेतृत्वले प्राबिधिक जनशक्तिलाई नविनतम प्रबिधिको प्रयोग गर्न दवाव दिन सक्ने सुनौलो अवसर पनि हुने उनले बताए