धनगढी पोष्ट 
                                बुधबार, २७ भदौ २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । गोदावरी नगरपालिका स्थित सुप समावेसि आधारभुत विद्यालयका छात्रालाई तिजको दर खुवाइएको छ ।
आमा बुवाको माया पाउनबाट वञ्चित हुने अवस्था आउन नदिन लायन्स क्लव धनगढी महिला समुहले विद्यालयका ७० जना विद्यार्थीलाई तिजको दर अुवाएर एक आपसमा रमाइलो साटाँसाट गरेका हुन् । 
भड्किलो सैलिमा तिज मनाउन भन्दा बालबालिकासंग तिज मनाएर उनिहरुको हौसला बढाउन समावेसि विद्यालयमा रहेका अपाङ्गता भएका बालबालिका संग तिज मनाइएको आयोजकले जनाएको छ । 
लायन्स क्लब अफ धनगढीकि अध्यक्ष गिता चन्द को सभापति मा भएको दर खुवाउने कार्यक्रममा क्लवकी पुर्ब अध्यक्ष मिरा आचार्य  र शारदा रेग्मी लगायत क्लववका सदस्यहरुको उपस्थिति  रहेको थियो ।