धनगढी पोष्ट
बिहिबार, २८ भदौ २०८० मा प्रकाशित
धनगढी । श्रोत नखुलेको अवैध रकम र सुन सहित भारतबाट आउँदै गरेका तीन जना नेपाली सीमा नाकाबाट पक्राउ परेका छन् ।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा नगद ६१ हजार भारतीय रुपैंया, र १७ लाख भारतिय रकम बराबरको एक सय ६० ग्राम सुन सहित तीन जनालाई भारतीय प्रहरीले गौपिरफण्टा नाकाबाट पक्राउ गरेको हो ।
भारतको कर्नाटकबाट चोरी गरी नेपाल प्रबेश गर्न लागेका राजु खड्का, विकास कुमार र किरण खड्का गौरीफन्टामा पक्राउ परेका हुन् । नेपालको बझाङ निवासी २१ बर्षीय राजु खड्का, २१ बर्षीय विकास कुमार र ३४ बर्षीय किरण खड्कालाइ भारतिय प्रहरीले पक्राउ गरेको हो । उनीहरुले भारतको कर्नाटकको न्यायधिसको घरमा काम गर्ने क्रममा चोरी गरि ल्याईएको भारतय प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरी लखिमपुर अदालतमा पठाएको छ ।