धनगढी पोष्ट
बिहिबार, २८ भदौ २०८० मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा नीतिगत सुधार ल्याउन आफु नेतृत्वको सरकार सफल भएको बताएका छन् । भ्रष्ट्राचार नियन्त्रण गरी सुशासन कायम गर्न अहिलेको सरकार सफल भएको बताउँदै मुख्यमन्त्री शाहले प्रदेशका लागि त्यो गर्वको कुरा भएको बताए ।
‘यो कुरा मैले प्रधानमन्त्री सामु पनि भेनेको थिए,’ मुख्यमन्त्री शाहले भने, ‘जता गएपनि हामी गर्बका साथ योकुार भन्न सक्छौं, सुधार्नुपर्ने धेरै कुरा हुन सक्छन्, तर हामीले सुशासनको जग बसाएका छौं, आगामी दिनमा कम्जोरीलाई थप सुधार गर्ने प्रयत्न गर्ने छौं ।’ मुख्यमन्त्री शाहले प्रशासनिक सुधारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको र आफ्नो कार्यकालमा त्यसलाई निरन्तरता दिने बताए । ‘मैले सपथकै क्रममा सवै खाले भ्रष्ट्राचार अन्त्य आफ्नो प्रमुख प्राथमिकता हो भनेको थिए,’ मुख्यमन्त्री शाहले भने, ‘यो ७–८ महिनाको अवधिमा हामीले त्यसमा सफतलता पनि पाएका छौं, यो हाम्रो गौरवको कुरा हो ।’