धनगढी पोष्ट
शुक्रबार, २९ भदौ २०८० मा प्रकाशित
धनगढी । महिला मात्रै शेयर सदस्य र महिलानै सञ्चालक रहेको अत्तरिया स्थित जीवन ज्योति महिला विकास बहु–उद्देश्यीय सहकारीले बालदिवसका अवसरमा विपन्न बालबालिकालाई शेक्षिक सामग्री प्रदान गरेको छ ।
विगत देखिनै बाल दिवसका अवसरमा विपन्न परिवारका बालबालिकालाई सहयोग गर्दै आएको जीवन ज्योतिले सो कार्यक्रमलाई निरन्तरता दिंदै यस पटक १३ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
शुक्रबार बालदिवसको अवसरमा प्रति बालकलाई स्कुल झोला, एक दर्जन कापी र डटपेन वितरण गरिएको संस्थाकी अध्यक्ष पुनम कार्कीले बताइन् ।
अध्यक्ष कार्कीका अनुसार सहयोग सामग्री गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया मार्फत वितरण गरिएको हो । विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने कार्यक्रममा गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख गोदावरी खत्री, सहकारीकी सल्लाहकार सुमित्रा सोप लगायत व्यक्तित्वको सहभागिता रहेको अध्यक्ष कार्कीले बताइन् ।
जीवन ज्योति महिला सञ्चालक र महिला मात्रै शेयर सदस्य रहेको उत्कृष्ट सहकारी संस्था हो । संस्थाको गोदावरी नगरपालिका–११ मा शाखा रहेको छ ।