धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

अपि बेसक्याम्पमा पर्यटन दिवस मनाइदै

अपि बेसक्याम्पमा पर्यटन दिवस मनाइदै

धनगढी यस बर्षको अन्तरराष्ट्रिय पर्यटन दिवस  अपिहिमालको बेसक्याम्पमा मनाइने भएको अपिहिमाल गाउपालिकाको आयोजना, प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको सहकार्य नाटा सुदुरपश्चिमको समन्वयमा बेसक्याम्पमा पर्यटन दिवस मनाउन लागिएको हो

बेसक्याम्पसम्म पुग्ने आधारभुत संरचनाहरु निर्माण भैसकेकाले बेसक्याम्पमै पर्यटन दिवस मनाउन लागिएको अपिहिमाल गाउपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए अपिहिमाल बेसक्याम्पसम्म जाने पुर्वाधारहरु आधारभुत रुपमा तयार भएकाले यस बर्ष भ्रमण बर्षकै रुपमा मनाउन तयारी गरिएको शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बोहराले भनेअपि बेसक्याम्प लगायत अपिहिमाल पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारको उदेश्यले बेसक्याम्पमै पर्यटकीय दिवस मनाउन लागिएको हो

दार्चुला जिल्लामा रहेको अपिहिमाल हजार शय ३२ मीटरको उचाईमा रहेको अपिहिमालको बेसक्याम्प चार हजार मीटरको उचाईमा रहेको

अपिहिमालको  आरोहण खुला गराउन सबै लाग्नु पर्ने भए पनि अहिले बेस क्याम्पसम्मको ट्रेकिङ सहज बनाउन लागिएको  अध्यक्ष बोहराले बताए अपिहिमाल गाउपालिकाले आवधिक योजनाको प्रमुख प्राथमिकताको क्षेत्र पर्यटन पनि बनाएकोले आगामी पाँच बर्षभित्र सुदुरपश्चिमकै उत्कृष्ठ पर्यटकीय गन्तव्य बनाउने उदेश्यले पर्यटन पुर्वाधारमा काम भैरहेको अध्यक्ष बोहराले बताए

 बेसक्याम्पसम्मको रुप म्याप पनि बनाइसकेको अधयक्ष बोहराले बताए बोहराका अनुसार बेसक्याम्पसमा दुई वटा पयटकीय आवास गृह निर्माण भएको दैपनक ६० जनासम्म खाना बास बस्ने व्यवस्था रहेको पद मार्गहरुमा  होम स्टेको व्यवस्था स्थानीय सांस्कृतिक कार्यक्रम समेत हेर्न मिल्नेछ, स्थानीय खानाका परिकारहरु खान पाइन्छन्, पदमार्गमा साइनिङ तथा सुचना पार्टी संकेत चिन्ह निर्माण गरिएका छन्

सुदुरपश्चिमका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश धामीले सुदुरपश्चिम  प्रदेशमा एकीकृत रुपमा पर्यटन बिकासका योजनाहरु निर्माण गर्न शुरु गरिएको बताए   ‘बिगतमा टाकटुके रुपमा योजना निर्माण गर्दा खर्चलत भयो    तर उपलव्धि केही देखिएको छैन मन्त्री धामीले भने त्यसैले  ‘अब प्रदेशमा गरिने पर्यटन बिकासका योजनाहरु अब एकीकृत रुपमा गरिन लागेको

एकीकृत योजना बनाउनका लागि संघीय निकायहरु पालिकाहरुसँग समन्वय भैरहेको मन्त्री धामीले बताए

  एकीकृत  योजना बनेपछि प्रदेशमा धार्मिक पर्यटनमा कति लगानी गर्ने, कसले लगानी गर्ने, प्रााकृतिक दृश्य अवलोकनका क्षेत्रमा कसले लगानी गर्ने भन्ने स्पष्ट हुने मन्त्री धामीले बताए

 नाटा सुदुरपश्चिमका अध्यक्ष पदम बहादुर सिंहले सँचालन  गरेको उक्त कार्यक्रमा स्वागत मन्तव्य नाटा सुदुरपश्चिमका संस्थापक अध्यक्ष माया प्रकाश भट्टले व्यक्त गरेका थिए