धनगढी पोष्ट बिहिबार, ०४ बैशाख २०८२   April 17, 2025

अट्वारीमा रमाउँदै थारु समुदाय

अट्वारीमा रमाउँदै थारु समुदाय

धनगढी थारु समुदायले आज अट्वारी पर्व मनाइरहेका छन् अट्वारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज एक दिन सम्बन्धित थारु समुदायलाई सार्वजनिक बिदा दिएको

भदौ महिनाको कृष्ण अष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबार थारु समुदायले अट्वारी पर्व मनाउँछन् पर्वको अवसरमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ भीमको पूजा गर्ने चलन

गहुँको पीठो, चापलको पिठो मासको दालबाट बनाइएका परिकार फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग व्रतालुले खाने चलन

उक्त परिकार दिदीबहिनीको घरमै पु¥याइदिने चलन त्यसलाई अग्रासन भनिन्छ अग्रासन दिएर र्फकने क्रममा दिदीबहिनीले दाजुभाइलाई मिठा परिकार खुवाउने उपहार दिने गर्दछन्

थारू समुदायको बढी बसोबास रहेका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, लगायत जिल्लामा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ ती जिल्लाका थारु वस्तीहरुमा अट्वारीको विशेष रौनक अट्वारी पर्वको अवसरमा गाउँमा नाचगान साँस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने चलन