धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

विश्वकर्मा पूजाको अवसरमा मेटल व्यवसायीले गरे रक्तदान

विश्वकर्मा पूजाको अवसरमा मेटल व्यवसायीले गरे रक्तदान

धनगढी विश्वकर्मा पूजाको अवसर पारेर सुदूरपशिचम मेटल व्यवसायी संघ (ग्रील व्यवसायी)ले धनगढीमा रक्तदान गरेका  छन्

मेटल व्यवसायी संघले विश्वकर्मा पूजाका अवसरमा विगत र्ष देखि रक्तदान कार्यक्रम आायोजना गर्दै आएको

विश्वकर्मा पूजाको नाममा फफजूल खर्च गर्नुभन्दा मानव सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले   रक्तदान कार्यक्रम आयोजना गर्ने गरिएको सुदूरपश्चिम मेटल व्यवसायी संघका अध्यक्ष शिद्धार्थ विकले बताए विश्वकर्मा पूर्जा मेटल व्यवसायीको सवै भन्दा ठुलो पर्वहो, अध्यक्ष विकाले भने, ‘यस पूजामा व्यवसायीले ठुलो धनराशी खर्च गर्ने गरेका छन्, त्यो खर्चबाट केही रकम कटाएर सामाजिक क्षेत्रमा काम गर्ने गरेका छौं

उनका अनुसार आइतबार गरिएको रक्तदान कार्यक्रममा ३३ जना रगतदान गरेको अध्यक्ष विश्वकर्माले बताए उनले देशमा सिर्जित आर्थिक मन्दिका कारण धेरै मेटल व्यवसायी पलायन भएका बताए काम पाइदै छाडेको , अध्यक्ष विश्वकर्माले भने, ‘यी वेला बैंकले ऋणमा चर्को व्याज लगाएका छन्, घर पेटिले भाडा मागेर सताएका छन्, यी समस्याको सामना गर्न नसकेर अहिले धेरै व्यवसायी पलायन भइरहेका छन्, आर्थिक मन्दिकै कारण व्यवसायीमा अस्वस्थ प्रतिष्पर्धा हुन थालेको

भारतीय मिस्त्रीहरूले व्यवसाय दर्ता नगरेरै घरघरमा गयर वेल्काडिङ सम्मबन्धी काम  गर्ने  गरेका कारण सटर भाडामा लगेर काम गरिरहेका स्वदेशि मेटल व्यवसायी समस्यामा परेका  उनले बताए । सकरारलाई कर नतिरेर  नेपालमा काम गर्दै वेलुका नेपालको पैसा भारत लैजाने भारतीय मेटल व्यवसायीलाई सरकारले रोक्नु पर्दथ्यो, उनले भने, ‘त्यसबारेमा प्रसासनको ध्यानाकर्षण पनि गराएका छौं, तर सुनुवाई भएको छैन, मेटल मिस्त्रीका कारण कारण सरकारलाई कर तिरेर बसेका स्वदेशी मेटल मिस्त्री  संकटमा परेका छन्

मेटल व्यवसायी संघ व्यवसायी समस्यामा पर्दा अभिभावकको भूमीका निर्वाह गर्दै आएको उनले बताए कसैलाई चोट पटक लागेर उपचार गर्ने पैसा नहुँदा, अकालमा मृत्युभई परिवारको विचल्ली हुने अवस्था आउँदा संघले त्यसतो अवस्थामा सकेको सहयोग गर्दैै आएको , अध्यक्ष विकले भने, ‘संघ स्थापना पछि मेटल व्यवसायी माथी हुने बाह्य आक्रमण पनि कम भएको