धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

निशुल्क शव वाहन संगै अव धनगढीमा क्रिया खर्च पनि पाइने

क्रिाय खर्चको जोहो गर्न नसक्ने विपन्न परिवारलाई उप महानगरले ५ हजार सम्म क्रिया खर्च दिने निर्णय गरेको हो ।

निशुल्क शव वाहन संगै अव धनगढीमा क्रिया खर्च पनि पाइने

धनगढी जन्म मृत्यु स्वभाविक प्रक्रिया हो मृत्यु अहिले सम्म कसैले रोक्न सकेको छनै मानिसको मृत्यु पछि मृतक शरीरलाई सवै धर्मालम्बी हरुले आफ्नै तरिकाले व्यवस्थापन गर्ने गर्दछन् मृत्यु पश्चाच गरिने शव व्यवस्थापनमा ठुलो धनराशी खर्च पनि हुने गरेको तर विपन्न वर्गले भने शव व्यवस्थापन गर्दा पनि ऋण खोज्नुपर्ने बाध्यता

भनेको समयमा ऋण नपाउँदा कतिपय अवस्थामा मृतक शरिरलाई व्यवस्थापन गर्न समेत कतिपय परिवारलाई ठुलै समस्या हुने गरेको विपन्न घरपरिवारको सोही समस्यालाई मध्यनजर गरेर धनगढी उप महानगरपालिकाले गरिब परिवारका लागि निशुल्क शव वाहन उपलब्ध गराउने क्रिया गर्न हजार सम्म खर्च उपलब्ध गराउने निर्णय गरेको

सोमबार उपमहानगरपालिकाको औँ स्थापना दिवसको अवसरमा नगर प्रमुख गोपाल हमालले आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्ने परिवार तथा व्यक्तिकालागि उप महानगरले सहयोग गर्ने निर्णय गरेको बताए।

उपमहानगरले नागरिकको अन्तेष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार खर्च स्वरुप हतोहात हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो कार्यपालिकाको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई पाँच हजार सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख हमालले बताए

अन्तिम संस्कारका लागि शव वाहन बिरामीलाई अस्पताल ल्याउन लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिएको बताएका छन् सेवाग्राहीले नगर प्रहरीबाटै शव वाहन एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको नगर प्रमुख हमालले बताए। नगर प्रमुख हमालले परिवारका सदस्य गुमाउँदा आर्थिक अवस्था कमजोर भएका परिवारहरूलाई दाहसंस्कार खर्च लिन नगर प्रहरीलाई सम्पर्क गरे नगरपालिकाका प्रतिनिधिहरुले घरमै रकम लगेर दिने जानकारी दिए