धनगढी पोष्ट
सोमबार, ०१ असोज २०८० मा प्रकाशित
धनगढी । धनगढीमा असोज १० गते देखि १४ गते सम्म सञ्चालन हुने हार्डव्ययर एक्स्पो २०८०को तयारी तिब्र पारिएको छ ।
कैलाली हार्डव्यर व्यवसायी संघको आयोजनामा सञ्चालन हुने एक्स्पो धनगढी स्थित सौराई ब्याङ्केटमा हुने छ ।
हार्डव्ययर सम्बन्धी सम्पुर्ण कुराको जानकारी दिन, हार्डव्यवर सामग्रीको बारेमा प्रचार प्रसार गर्ने, उत्पादक र उपभोक्तालाई एक ठाउँमा जोड्ज्ने उद्देश्यका साथ हार्डव्ययर एक्स्पो सञ्चालन गर्न लागिएको कैलाली हार्डव्ययर व्यवसायी संघका अध्यक्ष कुवेर शाहीले बताए ।
उनका अनुसार एक्स्पोमा तयारी स्वरुप हाल सम्म स्टल बुकिङ, डिजाइनिङ, प्लानिङ लगायत समग्र तयारीको ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । एक्स्पोमा स्टल लग्ने कम्पनि तथा व्यवसायीको पनि लगभग टुङ्को लागेको उनले बताए ।
एक्स्पो अवधिभर हार्डव्यवर सामग्री खरिदमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको अध्यक्ष शाहीले बताए । त्यसैगरी एक्स्पो अवलोकन कर्ता मध्य हरेक दिन ५ जनालाई लक्की ड्र मार्फत आकर्षक उपहारको व्यवस्था गरिएको र अन्तिम दिन ३ जनालाईबम्पर उपहारको व्यवस्था गरिएको अध्यक्ष शाहीको भनाई छ ।
अध्यक्ष शाहीका अनुसार यस पटक हार्डव्ययर एक्स्पोमा निशुल्क वास्तु सास्त्रको जानकारी पाइने छ । प्रवेश निशुल्क रहेको एक्स्पोमा अबलोकन गर्दा उपभोक्ताले गुणस्तरिय निर्माण सामग्री कसरी छनौंट गर्ने, शुलभ मुल्यमा भुकम्प प्रतिरोधी संरचाना कसरी निर्माण गर्ने भन्ने कुराको पनि जानकारी पाउने छन् ।