धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

टिकापुर घटनामा दोषि ठहरिएका ४ जनाले पाए कैद मिनाह

टिकापुर घटनामा दोषि ठहरिएका ४ जनाले पाए कैद मिनाह

धनगढी कैलालीको टिकापुरमा सुरक्षा कर्मी नावालकको ज्यान जाने गरी भएको घटनामा अदालतले दोषि ठहर गरेका कैदी वन्दीले आम माफि पाएसंगै उनिहरु रिहा भएका छन्

संविधान दिवसको अवसरमा राष्ट्रपतिले उनिहरुलाई आम माफि दिएका हुन् । रिहाई हुनेमा हुनेमा टीकापुर नगरपालिका ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका मोतीपुरका हरिनारायण चौधरी जानकी लट्कनियाका प्रदीप चौधरी रहेका छन्

त्यसैगरी टीकापुर घटनामा दोषि ठहर भएपछि बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका लट्कनियाका श्रवण चौधरी पनि रिहा भएका छन् उनलाई पोखरामा राखिएको थियो बा सुधार गृहबाट रिहा भएपछि उनलाई  बुधबारनै पोखराबाट काठमाडौं हुँदै धनगढी ल्याइने नागरिक उन्मुपिक्त पार्टीले जनाएको

गृह मन्त्रालयको सिफारिषका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनिहरुको बाँकी कैद माफी गरेका हुन् उनीहरू टीकापुर घटना मुद्दामा वर्षदेखि जेल जीवन भोग्दै आएका थिए रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित भव्य स्वागत गरिएको

नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले स्वागत गरेका थिए