धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदुरपश्चिमका नागरिकको मुहारमा खुशी ल्याउन सरकार प्रयत्नशील छ :  मुख्यमन्त्री  शाह

सुदुरपश्चिमका नागरिकको मुहारमा खुशी ल्याउन सरकार प्रयत्नशील छ :  मुख्यमन्त्री  शाह

धनगढी सुदुरपश्चिमका  मुख्यमन्त्री  कमल बहादुर शाहले सुदूरपश्चिमका नागरिकको मुहारमा खुशी ल्याउन  प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन्

सुदुरपश्चिमका जनताको  मुहारमा खुशी ल्याउन अझै धेरै गर्न बाकी संविधन दिवस २०८० को अवसरमा धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले भने  ‘जनताको मुहारमा खुशी ल्याउन प्रदेश व्यवस्था सरकारमा भएका कमीकमजोरी हटाउँदै सवै पक्षको साथ सहयोगबाट जन अपेक्षा जनअपेक्षित विकास  गर्न प्रदेश सरकार प्रतिबद्ध

मुख्यमन्त्री शाहले संविधानलाई कार्यान्वयन गर्न बाँकी रहेका कानूनी संरचनागत आधार तयार गर्नुका साथै विकास समुन्नतिलाई योजनाबद्ध तरिकाले दिंशा निर्देशन गर्न तथा जनअपेक्षित रुपमा सेवा प्रवाह गर्नुपर्ने महत्वपुर्ण अभिभारा वर्तमान सरकारको काँधमा रहेको बताए वर्तमान सरकार ती  कार्यभारलाई साकार गर्न प्रयत्नशिल रहेको समेत मुख्यमन्त्री शाहले बताए

केन्द्रिकृत एकात्मक शासन व्यवस्थालाई हटाएर विकेन्द्रिकृत राज्य प्रणाली स्थापित गर्ने संघिय लोकतान्त्रिक संविधानको महत्वपुर्ण उपलब्धी भएको मुख्यमन्त्री शाहको धारणा

साझा शासन, सुशासनको उचित तालमेल, सहकारिता, सहअस्तित्व, समन्वयाको सिद्धान्तमा आधारित संघिय शासन प्रणालीको दिगो व्यवस्थापन गर्न वर्तमान सरकारलाई संविधानले दिशा निर्देष गरेको , मुख्यमन्त्री शाहले भने, ‘सोही मर्म अनुसार प्रदेश सरकारले काम गरिरहेको , जनताका अधिकार स्थापित गर्नु हाम्रो पहिलो दायित्व हो

मुख्यमन्त्री शाहले विस २००७ मा स्थापना भएको प्रजातन्त्र कसैले हरण गर्न नसक्ने गरी संघिय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भई देशको आर्थिक सामाजिक बिकासको चरणमा अग्रसर भइरहेको बताए तर अहिले पनि लोकतन्त्रको सुद्धिकरणका लागि विकास सम्वृद्धि हासिल गर्नुपर्ने चुनौती रहेको रहेको बताउँदै मुख्यमन्त्री शाहले भने, ‘लोकतान्त्रिक मान्यता अनुसारको सुशासन प्रभावकारी विकास व्यवस्थापन गर्नुपर्ने दायित्व तीन वटै सरकारको काँधमा रहेको , त्यसका लागि व्याप्त राजनीतिक प्रशासनिक समस्याहरु समाधान गर्दै नीति कार्यक्रमको अस्थिरता हटाई कानूनको प्रभावकारी कार्यान्वयन तथा राज्य श्रोतको अधिकतम सदुपयोग गर्नु अपरिहार्य

संविधान राजनीतिक परिवर्तनको मुल मर्म जनताका अपेक्षालाई साकार पार्नुमा नीहित हुने हुँदा ती आकांक्षा साकार पार्न राज्य संयन्त्रलाई गतिशिल प्रभावकारी बनाइनु  आवश्यक रहेको मुख्यमन्त्री शाहको धारणा रहेको

वर्तमान संविधानले नेपालको सार्वभौमता, भौगोलिक अखण्डता, स्वाधिनता जनतामा निहित सार्वभौम सत्ताको प्रतिकुल नहुने गरी संविधान संशोधन गर्न मार्ग प्रसस्त गरेकाले पनि यो व्यवस्था दिगे हुने विश्वास जनतामा रहेको उनले बताए

कानून विधिको स्थापना एवं शुद्धिकरणको माध्यमबाट सुदूरपश्चिमलाई सम्वृद्ध बनाउन यहाँको कला, संस्कृति, धार्मिक परम्परा लाई यहाँका अथाह सम्भावना ऐतिहासिक तथा धार्मिक धरोहरलाई नागरिकको सुख समुन्नति अभिवृद्धि गर्न उपयोग गरिनेछ, मुख्यमन्त्री शाहले भने

मुख्यमन्त्री शाहले संविधान निर्माणपछि संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए संविधान निर्माणपछि नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिक मताधिकार, आवधिक निर्वाचन, पुर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्तिसुशासन, विकास संम्वृद्धि प्राप्तिका लागि मार्ग प्रसस्त भएको मुख्यमन्त्री शाहको भनाई

मुख्यमन्त्री शाहले वर्तमान संविधानले सवै नागरिकलाई नागरिकताको व्यवस्था गर्नै  यस अघिका संविधानको भन्दा बढी मौलिक हकको व्यवस्था गरी ती हकको कार्यान्वयनका लागि दिशा निर्देशन गर्नुका साथै राज्यका सवै निकायमा समानुपातिक समावेशी प्रतिनीधिको सुनिश्चितता गरेको बताए

नेपालको इतीहासमा वर्तमान संविधान औं संविधान भएको यसले छोटो समयमा संविधान परिवतर्न गर्नुपर्ने बाध्यताको अन्त्य गरी राजनीतिक स्थायित्व प्रदान गर्न सफलता दिलाउने आशा देखाएको मुख्यमन्त्री शाहको धारणा

नेपालको स्वतन्त्रता, सार्वभौम शत्ता, भौगोलिक अखण्डता स्वाधिनतालाई अक्षुण राख्दै नागरिकको मौलिक हक तथा मानव अधिकारको  संरक्षण सम्बद्धनका निमित्त तीन तहका सरकारहरु विच विकास सुशासनमा प्रतिष्पर्धा हुनु पर्ने संघियता सफल पार्नेमा सहकार्य समन्वय गर्दै अगाडी बढ्नु आजको आवश्यकता रहेको मुख्यमन्त्री शाहको धारणा त्यसका लागि तीनै तहका सरकार तयार हुनुपर्ने मुख्यमन्त्री शाहको धारणा रहेको