धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती प्रादेशिक अस्पतालको  चाडै ओएनएम गरेर २ शय बेडको बनाउँछौं : मन्त्री साउद

सेती प्रादेशिक अस्पतालको  चाडै ओएनएम गरेर २ शय बेडको बनाउँछौं : मन्त्री साउद

धनगढी सुदुरपश्चिमका सामाजिक बिकास मन्त्री झपट साउदले  सेती प्रादेशिक अस्पतालको ओएनएन गरेर अस्पताल  व्यवस्थापनको काम गरिने बताएका छन्   अस्पतालको अवलोकपनपछि सामाजिक बिकासमन्त्री साउदले  अस्पताल शय बेडको संचालन गरिने समेत बताए

अस्पतालको ओएनएम नहुदा जनशक्ति व्यवस्थापनको काम हुन सकेको छैन अस्पतालले आयोजना गरेको  स्वागत कार्यक्रममा  सामाजिक बिकासमन्त्री  साउदले भने  ‘ समय  तोक्दैन, तर छोटो समयमा नै अस्पतालको ओएनएम गरेर टुंग्याउँछौं ओएनएम गरेर अस्पतालालई दूई शय बेडको बनाइने बताउँदै सामाजिक बिकास मन्त्री साउदले भने  ‘शय बेडका नै बनाउन नसके पनि अहिलेको भन्दा बढी अवश्यक बनाउँछौ

 अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गदै मन्त्री साउदले भनेप्रोत्साहन भत्ता यो बर्ष कम्तिमा ८० प्रतिशत पुरयाउँछौं   अस्पतालमा सुधार भएको तपाईहरुले देखाउनु पर्छ

गत बर्ष पनि प्रोत्साहन भत्ता दिइएको तर प्राविधिक कारणले आर्थिक बर्षको अन्त्यमा मात्र दिइएको मन्त्री साउदले बताए

 सेती अस्पतालबाट बिरामीहरुलाई अन्यत्र  पठाउन अस्पताल परिसरमा नै एजेन्ट खटिने गरेको आफुले सुन्ने गरेको  मन्त्री साउँदले बताए   ‘बाहिरका अस्पतालमा जानुस् भनेर संकेत गर्ने मान्छे सेती अस्पतालको लाइनमा नै हुन्छन् भन्ने सुनेको छु तर त्यस्तो होइन भन्ने मलाई बिश्वास    मन्त्री साउँदले भने  ‘यदि त्यो साचो हो भने जोसुकै भए पनि क्षम्य हुदैन   

अस्पतालमा ट्वाइलेट पनि फोहर हुने गरेको बताउँदै मत्री साउदले ट्वाइल्ट सफा गरेर अस्पताल सुधारको काम शुरु गर्न निर्देशन दिए