धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सेती अस्पतालमा तीन महिनामा  परिवर्तनको अनुभुति दिलाउँछौ : मुख्यमन्त्री शाह

सेती अस्पतालमा तीन महिनामा  परिवर्तनको अनुभुति दिलाउँछौ : मुख्यमन्त्री शाह

धनगढी सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले अबको तीन महिना भित्रमा नै सेती प्रादेशिक अस्पताल धनगढीमा परिवर्तनको अनुभुति दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् सेती  प्रादेशिक अस्पतालको बिहीवार अनुगमनपछि मुख्यमन्त्री शाहले  अस्पताललाई  सुधार गरेर लैजान सरकार प्रतिवद्ध रहेको बताएका हुन्

 ‘तीन महिनाभित्रमा केही परिवर्तन सकेमा हामीलाई माला लगाउनु होला अस्पतालको अवलोकनपछि आयोजित स्वागत  कार्यक्रममा मुख्यमन्त्री शाहले भने  ‘केही काम गरेपछि मात्र माला लगाउनुहोला  भनेर नै अहिले माला नलगाएका हौै

 स्वागत कार्यक्रममा अस्पतालले मुख्यमन्त्री, सामाजिक बिकास मन्त्री भौतिक पुर्वाधार बिकास मन्त्रीलाई मालाले स्वागत गर्ने कार्यक्रम रहेको थियो तर मुख्यमन्त्री शाहले अहिले माला नलगाउने भनेपछि माला लगाइएको थिएन

 सरकार बनेको आठ महिनापछि मुख्यमन्त्री शाहले अस्पतालका बिभागीय मन्त्री सामाजिक बिकास मन्त्री झपट बोहरा भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवा सहित अस्पतालको अनुगमन गरेका हुन् मुख्यमन्त्रीको टोलीले अस्पतालका सबै बिभाग नया बनिरहेको भवनको अनुगमन गर्नुका साथै परिक्षणका लागि लाइनमा लागेका बिरामीहरुसँग पनि कुराकानी गरेको थियो

सो क्रममा परिक्षणका लागि अस्पताल आएकाहरुले तीन घण्टादेखि लाइनमा लागे पनि परिक्षणको पालो नआएकोप्रयोगशालामा पालो मिचेर आफ्नालाई चाडो परिक्षण गराइएकोबिमाको औषधी नपाइएको लगायतका गुनासा गरेका थिए

 मुख्यमन्त्री शाहले सेती अस्पतालको ओएनएम बनाएर  अस्पताललाई चुस्तदुरुस्त बनाइने समेत बताए एकैचोटी धेरै सुविधा निद नसके पनि पहिले सेती अस्पतालको ओएनएम बनाएर काम अघि बढाउँछौ मुख्यमन्त्री शाहले भने  ‘त्यसपछि प्रदेशका अरु अस्पतालहरुको पनि ओएनएम गरेर अगाडी बढाइनेछ

 सेती अस्पतालमा जनशक्ति व्यवस्थापन गर्नु पनि आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले त्यसतर्फ पनि सबै लाग्नु पर्ने बताए मुख्यमन्त्री शाहले अस्पतालले पनि परिवर्तनको प्रत्याभुति जनतालाई दिलाउन आवश्यक रहेको बताए सरकारले गर्न सक्ने काम गर्छ मुख्यमन्त्री शाह भनेचिकित्सकहरुले पनि बिरामीहरुसँग राम्रो व्यवहार गर्नुपर्छ चिकित्सकको बिरामीहरुसँग गरिने राम्रो व्यवहारले  पनि बिरामीहरुको आत्मबल बढ्छ

 भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले  सेती अस्पताललाई प्राथमिकता दिएर सरकारले सुधारको काम गर्ने बताए   सेती अस्पताल हरेक चुनावमा राजनितीक मुद्धा बन्ने गरे पनि सुधारको प्रयास कसैले नगरेको उल्लेख गर्दै भौतिक बिकास मन्त्री देउवाले वर्तमान सरकारले सुधारको काम अघि बढाउने बताए

 प्रदेश सरकारले शिक्षा स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्नुपर्छ भनेर प्राथमिकता दिएको अध्ययनको लागि समिति समेत बनाएको देउवाले बताए

सेती अस्पतालको प्रादेशिक अस्पतालको बोर्ड मात्र लगाएर नहुने बताउँदै मन्त्री देउवाले सुविधा पनि बढाएर लैजानु  पर्ने बताए

 सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर शाहले अस्पतालको गुणस्तर बृद्धि गर्न प्रदेश सरकारले पुर्वाधारमा सुधारका साथै स्वास्थ्यकर्मीहरुको प्रोत्साहन भत्ताको व्यवस्था गर्न आवश्यक रहेको बताए   स्वास्थ्यकर्मीहरुले पनि अस्पताललाई आफ्नै ठानेर गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिन आवश्यक रहेको अध्यक्ष शाहले बताए

 सेती अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट शेर बहादुर कमरले बिहान देखि बजेसम्म बिरामीहरुको चाप हुने गरेको सीमित जनशक्तिका कारण त्यस समयमा गुणस्तरिय सेवा दिन समस्या रहेको बताए   ‘अस्पतालमा सीमित जनशक्ति छन् मेडिकल सुपरिटेन्डेन्ट कमरले भनेएकै पटक कामको दवाव हुन्छ   बीमा शुरु हुनु अघि बार्षिक ६० हजारले परिक्षण गर्ने गरेकोमा बीमा शुरु भएपछि बाािर्षक लाख ४० हजारले अस्पतालमा परिक्षण गराइरहेको भए पनि जनशक्ति अहिलेसम्म नथपिएको मेसु कमरले बताए