उखुबारीमा छोरीको हात बाँधेर अलपत्र छोड्ने आमा पक्राउ

उखुबारीमा छोरीको हात बाँधेर अलपत्र छोड्ने आमा पक्राउ

धनगढी करिब वर्षकी दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी २७ वर्षीया सर्मिला चौधरीलाई प्रहरीले बेलडाँडी गाउँपालिका बैवाहाबाट पक्राउ गरेका

पुनर्वास नगरपालिका अमरैया माईती घरमै बस्दै आएकी २७ वर्षीया सर्मिला चौधरीलाई प्रहरीले शनिवार बेलडाँडी गाउँपालिका बैवाहाबाट पक्राउ गरेको हो

शुक्रबार बिहानै दुधे शिशुलाई बेलौरी नगरपालिका बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर सर्मिला परपुरुषसंग भाग्न लागेकी थिइन् क्रुर अमानविय ढङगबाट ति महिलाले छोडेर गएको शिशुलाई उखुबारीमा हात बाँधेर छाडेपछि शिशु रुन थालेपछि स्थानीयले महिला सन्तोशी चौधरीले बच्चा कराएको सुनेपछी देखेपछि प्रहरीलाई खबर गरेका थिइन् शुक्रबारै प्रहरीले बालकका मामा घरका आफन्तलाई शिशु जिम्मा लगाएको थियो

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शर्मिलाले तेस्रो विवाह गर्नका लागि शिशुलाई छोडेको खुलेको चौधरीले आफैले जन्माएकी छोरीलाई उखुबारीमा एक हात बाधेर छोडेको आरोपमा पक्राउ परेकी हुन् शर्मिलाको शिशु बर्षको अर्को सन्तान रहेको प्रहरीले जनाएको बालकलाई प्रहरीबाट मामा घरकि हजुरआमाले बुझेर लगेको बेलडाँडीका ईन्चार्ज प्रहरी निरिक्षक कृष्ण बहादुर कुवँँरले बताए शर्मिलाले यस अघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी बिबाह गरेकी थिइन केही समय बिबाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसंग भागी विवाह गरेकी थिईन्

सर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर्वचौधरीसंग विवाद भएपछि शर्मिला बेलडाँडी वैवाहका प्रेम डगौरासंग भाग्न लागेकी थिइन् शिशुका कारण श्रीमानसंग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत वैवाहका प्रेम डगौरासंग भागेर विवाह गर्न लागेकी थिइन् सर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए

उता आफ्नै कोखबाट जन्मिएको बच्चालाई यसरी शिशुलाई अमानविय रुपमा उखुबारीमा छाडेर परपुरुषसंग भाग्ने महिलामाथि कानुनी कार्बाहीको माग स्थानीयले अघि सारेका छन्