धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

धनगढीले पठायो १९० जना वृद्ध, वृद्धालाई तिर्थयात्रा

जन्म देखि मृत्यु सम्म स्थानीय सरकार नागरिकको साथमा छ : नगर प्रमुख हमाल

धनगढीले पठायो १९० जना वृद्ध, वृद्धालाई तिर्थयात्रा

धनगढी धनगढी उप महानगरपालिकाले नगरका एक सय १० जना वृद्ध, वृद्धा तथा भगतलाई मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरी दिने तिर्थ यात्रामा पठाएको

वृद्धा अवस्थामा नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गर्ने इच्छा हुने भएपछि आर्थिक अभावका कारण आफ्ना चाहना पुरा गर्न नसकेका जेष्ठ नागरिकलाई छनौट गरी दिने धार्मिक यात्रामा पठाइएको धनगढी उप महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए

उनका अनुसार तिर्थ यात्रामा जानका लागि वटा बस लगाइएका छन् सवै बसमा एक जना स्वास्थ्यकर्मी एक जना उप महानगरपालिकाको कर्मचारी रहनेछन्  

भौतिक विकास गर्नुमात्रै परिवर्तन हैन, स्थानीय सरकार जन्म देखि मृत्यु सम्म संगै भएको महशुस नागरिकले गर्न सके मात्रै परिवर्तन हुन्छ, नगर प्रमुख हमालले भने, ‘त्यसै अनुसार हामी नागरिकका हरेक कृयाकलापमा जोडिने प्रयास पनि गरिरहेका छौं

सुत्केरी व्यथा लाग्दा निशुल्क एम्बुलेन्स उपलब्ध गराउने दाहसंस्कारमा विपन्न बर्गालाई हजार सम्म क्रिाया खर्च निशुल्क सवारी साधन उपलब्ध गराउने काम धनगढी उप महानगरले गर्दै आएको नगर प्रमुख हमालले बताए

नगर प्रमुख हमालका अनुसार धनगढी उप महानगरले सुत्केरीका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको त्यसैगरी आर्थिक अभावका कारण रोग लकाउनु पर्ने बाध्यताको अन्त्यका लगि वडा स्तरमै विशेषज्ञ डाक्टर सहितको वडा क्लिनिकको व्यवस्था गरेको घरमा आउने सर्प नियन्त्रणका लासिग नगर प्रहरीलाई तालिम दिएर १२अँैं घण्टा घरघरमा पुग्ने व्यवस्था गरेको नगर प्रमुख हमालले बताए

उनका अनुसार जेष्ठ नागरिकलाई निजी अस्पतालमा पनि निशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको बर्षा याममा नागरिक डुवानमा परे नगर प्रहरीलाई तत्काल खट्न सक्ने गरी तालिम उद्धार सामग्रीको व्यवस्था गरिएको नगर प्रमुख हमालले बताए

यी सवै काम जनता संग प्रत्यक्ष जोडिएका हुन्छन्, नगर प्रमुख हमालले भने, ‘हामी नागरिकका हरेक काममा जोडिन तयार छौं, समस्या पर्दा छिमेकिलाई भन्दा पहिला नगर प्रहरीलाई जानकारी गराउनुहोस्, तत्काल तपाईका अगाडी हाजीर हुने छौं

धनगढी उप महानगरपालिका कार्यालय खुल्नेदिन किहान १० बजे देखि वेलुका बजे सम्म मात्रै सञ्चालन हन्छ भन्ने बुझाईनै गलत भएको बताउँदै हमालले भने, ‘सरकार घण्टाका लागि मात्र हुदैन, २४औं घण्टा नागरिकको सुरक्षामा काम गर्न तल्लिन हुनुपर्छ अहिले उप महानगर २४औं घण्टा नागरिक संग