धनगढी पोष्ट
मङ्गलबार, ०९ असोज २०८० मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष परिवर्तन गरेको छ । तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले नियुक्त गरेका मोहन देव विष्टलाई हटाएर प्रदेश सरकारले अनुपकुमार उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
डोटी जिल्ला स्थाई घर भएका उपाध्यायलाई नेपाल सरकारका विभिन्न निकायमा प्रमुख भएर काम गरेको अनुभव छ । उपाध्याय नेपाल सरकारका पूर्व सिँचाइ ऊर्जा सचिव पदबाट सुेवा निवृत्त भएका हुन् ।
नवनियुक्त उपाध्यक्ष उपाध्यायलाई मंगलबारनै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । उपाध्यायलाई आयोगका अध्यक्ष समेत रहेका प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सपथ ग्रहण गराएका हुन् ।
उपाध्यायले हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालयको सचिव भइसकेका छन् ।