धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

उद्योगि, व्यवसायीको रायका आधारमा औद्योगिक निति बनाउँछौं : मन्त्री धामी

उद्योगि, व्यवसायीको रायका आधारमा औद्योगिक निति बनाउँछौं  : मन्त्री धामी

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेस सिंह धामीले यस क्षेत्रका उद्योगि र व्यवसायीले दिने राय र सुझाव अनुसार औद्योगिक नीति निर्माण गरिने बताएका छन् ।
आइतबार धनगढीमा सम्पन्न हार्डवेयर एक्सपो २०८० समापन कार्यक्रममा मन्त्री धामीले प्रदेशको औद्योगिक निति कस्तो हुनुपर्छ, यस क्षेत्रमा ठुला उद्योग स्थापनाका लागि लगानी भित्र्याउन के गर्नसकिन्छ भन्ने बारेमा मन्त्रालयका तर्फबाट यहाँका उद्योगिसंग छलफल गरिने बताए । हार्डवेयर एक्सपोले अर्थतन्त्रलाई चलायमान बनाउन थोरै भएपनि भुमिका खेलेको मन्त्री धामीको भनाई छ । उनले आगामी बर्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तर्फबाट हार्डवेयर एक्सपोमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । 
‘यसपटक पर्यटन दिवस अपि हिमालको वेसक्याम्पमा मनाउने क्याविनेटको निर्ण अनुसार एक्सपो उद्घाटनको समयमा मैले त्यहाँ जानु पर्यो,’ मन्त्री धामीले भने, ‘जसका कारण म यति महत्वपुर्ण कार्यक्रममा सुरुवाति दिनमा सहभागि हुन पाएन, आगामि बर्ष कुनैन कुनै रुपमा हार्डवेयर एक्सपोमा मन्त्रालयको सहभागिता हुने छ ।’