धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सुदूरपश्चिममा भुकम्प प्रतिरोधि निर्माण सामग्री भित्र्याउन मन्त्री भट्टको आग्रह

सुदूरपश्चिममा भुकम्प प्रतिरोधि निर्माण सामग्री भित्र्याउन मन्त्री भट्टको आग्रह

धनगढी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज भट्टले सुदूरपशिचममा भुकम्प प्रतिरोधि निर्माण सामग्री भित्र्याउन हार्डवेयर व्यवसायीलाई आग्रह गरेका छन्

कैलाली हार्डवेयर व्यवसायी संघले आयोजना गरेको तेश्रो हार्डवेयर एक्सपो २०८० समापन कार्यक्रममा बोल्दै मन्त्री भट्टले भने, ‘सुदूरपश्चिम भुमम्पिय दृष्टिले धेरै जोखिममा रहेको कुरा विज्ञले पटकपटक भन्दै आएका छन्, त्यसैले हाम्रो प्रदेशमा थप बलियो संरचना निर्माण हुनु अत्यन्तै आवश्यक , संरचना बलियो बनाउन गुणस्तरिय बलिायो हार्डवेयर सामग्री प्रयोग हुनु जरुरी , त्यो काम हार्डवेयर व्यवसायीले गर्नु पर्दछ मन्त्री भट्टले हार्डवेयर एक्सपो सुदूरपश्चिमका नागरिकका लागि हार्डवेयर सामग्रीको बारेमा जान्ने बुझने सुनौलो अवसर भएको बताए

एक्सपो प्रदेशको निर्माण निति बनाउनका लागि सरकारलाई पनि सिकाई हुने मन्त्री भट्टले बताए उद्योगिहरु हाम्रो प्रदेशमा लगानी गर्न किन हिच्किचाएका छन्?, लगानी मैत्री वातावरण बनाउन हामिले कस्तो निति निर्माण गर्न सक्छौं, उद्योगिलाई के कस्ता सेवा सुविधा चाहिन्छन भन्ने कुरा एक्सपोमा आएमा उद्योगि सरकारका मुख्यमन्त्री मन्त्री विच भएको छलफलबाट प्रष्ट भएको ,मन्त्री भट्टले भने, ‘त्यसले आगामि दिनमा सरकारलाई निर्माण निति कस्तो बनाउनु पर्दछ भन्ने एउटा मार्ग देखाएको