धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
तेश्रो हार्डवेयर एक्सपो समापन

एक्सपोले सुदूरपश्चिममा नविनतम प्रबिधि भित्र्याएको छ : प्रदेश प्रमुख जोशी

एक्सपोले सुदूरपश्चिममा नविनतम प्रबिधि भित्र्याएको छ :  प्रदेश प्रमुख जोशी

धनगढी सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले हार्डवयर सामग्री विकास एक अर्काका परिपुरक भएको भन्दै हार्डवेयर सामग्री राम्रो भए मात्रै दिगो बिकास हुन सक्ने बताएका छन्

तेश्रो हार्डवेयर एक्सपो २०८०को समापन गर्दै प्रदेश प्रमुख देवराज जोशीले एक्सपोले सुदूरपश्चिममा गुणस्तरिय नवीनतम हार्डव्ययर सामग्री भित्र्याउने महत्वपुर्ण काम गरेको बताए यो सरकारले पनि त्यतिगर्न नसक्ने काम हो, प्रदेश प्रमुख जोशीले भने, ‘निजी क्षेत्रले त्यो काम गरेर देखाएको , यो ठुलो शाहस हो, हामि सवैका लागि सिकाई हो

प्रदेश प्रमुख जोशीले हार्डवेयर एक्सपोले सुदूरपश्चिमका नागरिकलाई हार्डवेयर सामाग्री सम्बन्धी बुझ्ने सनौंलो मौका उपलब्ध गराएको बताए एक्सपोले विश्वस्तरमा प्रयोग हुने नविनतम प्रबिधिबाट बनेका निर्माण सामग्रीको पहुँचमा सुदूरपशिचमलाई पुर्याएको समेत उनले बताए विश्व बजारमा २०औं बर्ष अघि प्रयोगमा आएका निर्माण सामग्री सुदूरपश्चिममा बल्ल पुग्ने स्थिति रहेको स्थितिमा हार्डवेयर व्यवसायीले त्यो बाध्यताको अन्त्य गरी हाम्रो प्रदेशलाई पनि नविनतम प्रबिधिसंग जोड्ने जमर्को गरेको , प्रदेश प्रमुख जोशीले भने, ‘यसले हाम्रा निर्माण निति बनाउन सरकारलाई पनि केही सिक्ने अवसर प्रदान गरेको भन्ने मेरो अपेक्षा

प्रदेश प्रमुख जोशीले  निर्माणमा वास्तु शास्त्रको भुमिका महत्वपुर्ण रहेने भन्दै हार्डव्ेयर वयवसायीसंघले त्यसको पनि निशुल्क परामर्ह दिएर यहाँका नागरिकलाई ठुलो गुन लगाएको बताए

कैलाली हार्डवेयर व्यवासायी संघका अध्यक्ष कुवेर शाहीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रम सञ्चालन संघका महाँसचिव इश्वर गिरिले गरेका थिए भने, बरिष्ट उपाध्यक्ष रञ्जनकुमार शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए एक्सपो समापनको अवसरमा हार्डवेयर व्यवसायीले एक्सपो सञ्चालनमा मुख्य प्रायोजनक प्रायोजनको भसमिका निर्वाह गरेको उद्योगि व्यवसायीलाई सम्मान गरेको थियो

त्यसैगरी हार्डवेयर एक्सपोमा स्टल राखेका स्वदेशी तथा विदेशी उद्योगि तथा व्यवसायीलाई पनि मायाको चिनो प्रदान गरेको थियो समापन कार्यक्रममा भारतबाट आएका ग्रेनिटो टायलका सञ्चालक चिराग भाइ पटेल, एक्सपोका मुख्य प्रायोजक जय अम्वे स्टिलका सुदूरपश्चिम प्रदेश प्रमुख विष्णु पोख्रेल, नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम सिंह, कैलाली उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष पुष्कर राज ओझा, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, वास्तु सिरोमणि माधव मंगल जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए