धनगढी पोष्ट 
                                मङ्गलबार, २३ असोज २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । नेकपा एमाले सुदुरपश्चिम प्रदेश समितिको सचिवमा रण बहादर चन्दको पक्षमा सहमति भएको छ ।  उम्मेदवारी दर्तापछि भएको छलफलमा  सचिवमा चन्दको सहमति जुटेको हो ।
एमाले सुदुरपश्चिम समितिको अध्यक्षमा कृष्ण प्रसाद जैशीको पक्षमा सहमति जुटेको छ । जैशीको अध्यक्षतामा प्रदेश नेतृत्व चयन गर्ने सहमति भएको  नेकपा एमाले स्थायी समिति सदस्य कर्ण थापाले बताए ।
 “जैशीजीको अध्यक्षतामा प्रदेश समिति बनाउने सहमति भएकोे छ ।” स्थायी समिति सदस्य थापाले भने । 
 मंगलबार साझ अध्यक्ष पदमा कृष्ण प्रसाद जैशी,  कमल तिमिल्सेना, बच्चन सिंह र हरि साउदले  उम्मेदवारी दर्ता गरेका थिए ।