धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

सहमतिमा चयन : एमाले सुदुरपश्चिम समितिमा को को हुदैछन पदाधिकारी ? ?

सहमतिमा चयन : एमाले सुदुरपश्चिम समितिमा को को हुदैछन पदाधिकारी ? ?

धनगढी । नेकपा एमाले सुदुरपश्चिम प्रदेश समितिको अध्यक्ष सहित सबै पदमा सहमति जुटेको छ । मंगलबार साझ कृष्ण प्रसाद जैशीको अध्यक्षतामा  सबै  पदाधिकारीमा सहमति जुटेको हो ।

अध्यक्ष सहितका सबै पदमा सहमति भएको छ । नेकपा एमालेका  प्रदेश सचिव धर्मराज पाठकले भने æपार्टी अध्यक्षले नै सहमतिमा नेतृत्व चयन  गर्ने भनेकोले सहमति भएको छ ।”

सचिव  पाठकका अनुसार सहमति भएकामा उपाध्यक्ष काली बहादुर शाही, सचिव रण बहादुर चन्द, उपसचिव खुला नेपालु चौधरी र उपसचिव समावेशी कलशा महरा रहेका छन् ।  

मंगलबार साझ अध्यक्ष पदमा कृष्ण प्रसाद जैशी,  कमल तिमिल्सेना, बच्चन सिंह र हरि साउदले  उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्तापछि सहमति भएको हो ।

सचिव पाठकले  सहमतिलाई प्रकृयागत रुपमा कार्यान्वयन गरिने बताए ।