धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

गोदाममा छापा हान्दा बजार बन्द

गोदाममा छापा हान्दा बजार बन्द

धनगढी कञ्चनपुरको महेन्द्रनगरस्थीत गोदाममा प्रहरीले छापा हानेपछि बजार बन्द गरिएको उद्योग व्यवसायीहरूले दशैंको मुखमा प्रहरीले छापा मारेर दुःख दिएको भन्दै बिहिवार बजार बन्द गरेका छन्

कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको दशैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गर्न खोजेको उनीहरूको भनाई सो सम्बन्धमा कञ्चनपुर उद्योग वाणिज्य संघ मौन रहेको व्यवसायीहरूको भनाई उनीहरुले कञ्चनपुर उद्योग वाणिज्य संघ लुकेर बसेको समेत आरोप लगाए

प्रहरीले गत शुक्रवार तस्करीका प्लास्टिक जन्य सामानको गोदाममा छापा हान्दा ११ लाखका भन्सार छलीका सामान बरामद गरेको थियो।सरकारले प्रतिबन्ध गरेका प्लास्टिकजन्य वस्तु बेचबिखन गर्ने महेन्द्रनगरस्थीत भीमदत्त नगरपालिका१८ का सुशील गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लास्टिक स्टोरको गोदाममा छापा हानेको थियो भारतबाट भन्सार छलीका सामान क्यारिङ गर्ने ब्यक्तिहरूको पिछा गर्दै जाँदा गोदाम पत्ता लागेको प्रहरीले जनाएको

प्रहरीले पसलका सञ्चालनमाथि अनुसन्धान गरिरहेको हिजो बुधवार फेरि कञ्चनपुर प्रहरीले नौ लाखका सामान नियन्त्रणमा लिएको थियो जिल्लाको भीमदत्त नगरपालिका का विष्णु गुप्ताको पसल गोदाममा प्रहरीले छापा मारेको हो   गड्डाचौकीबाट भन्सार छली गरेका सामानहरू क्यारिङ गर्ने ब्यक्तिहरूको पिछा गर्दै गुप्ताको पसल गोदामबाट लाख रुपैयाँ मूल्य बराबरका खाद्यान्न सामाग्री किराना सामान फेला परेको हो गुप्तालाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको