धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

ऐन विपरित सांसदले बुझे १६ लाख भ्रमण भत्ता

ऐन विपरित सांसदले बुझे १६ लाख भ्रमण भत्ता

धनगढी सुदूरपश्चिम प्रदेशसभाका सांसदले ऐन विपरीत १६ लाख हजार रुपैयाँको भत्ता बुझेका छन् उनीहरुले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं जाँदा आउँदाको दैनिक भ्रमण भत्ता, हवाई टिकट फुटकर खर्च शीर्षकबाट ३९ जना सांसदले १६ लाख हजार रुपैयाँ बुझेका हुन्

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधासम्बन्धी ऐन, २०७५ अनुसार प्रदेशसभाको कामका सिलसिलामा गएका बेला सांसदहरूले भत्ता पाउने व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश सचिवालयले जनाएको सुदूरपश्चिम प्रदेश सचिवालयका अनुसार टिकट खर्च फुटकर खर्च दिने व्यवस्था छैन

तर प्रदेशसभा गठन भएको महिनाको अवधिमा मात्र पदाधिकारी सांसदहरूकै सेवासुविधा वापत झन्डै करोड खर्च भएको प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको महिनामा प्रदेशसभाले तीनवटा बजेटसँग सम्बन्धित विधेयक मात्र पारित गरेको अभिलेख प्रदेशसभा सचिवालयका अनुसार विनियोजन विधेयक २०८०, आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० सो अवधि सम्म सुदूरपश्चिम संसद्ले बनाएका कानुन हुन् प्रदेशसभा बाट नियमित काम नभए पनि खर्चको भार भने बढेको सुदुरपश्चिम बासीले गुनासो गरेका छन् ऐन कानुन निर्माण गर्नेभन्दा सुविधामा बढी केन्द्रित हुने गरेको उनीहरुको भनाई