धनगढी पोष्ट 
                                शुक्रबार, २६ असोज २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । उद्योग,  पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीका औद्योगिक क्षेत्रको अनुगमन गरेको छ ।
चाडवाडमा उपभोक्ता नठगिउन् र कालोबजारी न होस् भन्ने कुरालाई ख्याल गरेर प्रदेश सरकारका मन्त्री रमेससिंह धामी आफै अनुगमनमा सअभागि भएका थिए । ‘चाडवाडमा व्यवसायीले उपभोक्तालाई ठग्ने, कालोबजारी गर्ने म्याद नाघेका सामग्री वेचविखन हुने गरेको गुनासो आउने गरेको छ,’ उद्योगको अनुगमन गर्नेक्रममा मन्त्री धामीले भने, ‘त्यसतो बदमासि नहोस् भनेर उद्योगको अनुगमन गरिएको हो ।’
दैनिक उपभोग्य सामग्री विक्रेता भन्दा पनि उपभोग्य सामग्री उत्पादन हुने ठाउँमै अनुगमन गर्दा उपभोक्ताले गुणस्तरिय सामग्री प्रयोग गर्न पाउँछन् भन्ने सोचका साथ उद्योगको अनुगमन गरिएको मन्त्री धामीले बताए । टोलीले धनगढी स्थित राजश्री फुड इन्ड्रस्ट्रिज, सुदूरफूड इन्ड्रस्ट्रिज, गोदावरी फ्लोर मिल र ठाकुर एग्रो इन्ड्रस्ट्रिजमा अनुगमन गरेको हो । सो क्रममा सुदूरफूड इन्ड्रस्ट्रिजमा सामान्य सरसफाई गर्नुपर्ने सुझाव दिइएको थियो ।
तर ठाकुर इन्ड्रस्ट्रिजमा भने अखाद्य वस्तु भएको हुन सक्ने अनुमान गरिएको छ । अनुगमनका क्रममा अन्य उद्योगबाट उत्पादन गरेर ल्याइएका चामलको बोरा भेटिएका थिए । ती बारामा उत्पादन मिति र म्याद समाप्त हुने मिति पनि उल्लेख गरिएको थिएन । केही चामको बोरामा भने कुनै कम्पनिको श्रोत समेत उपलब्ध गरिएको थिएन । 
उद्योगले भने कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने अनुमति लगेर मात्रै बाहिरबाट चामल ल्याइएको जनाएको छ । कम्पनिका प्रतिनिधि शुभठाकुरले बाहिर बाट कच्च पदार्थका रुपमा चामल ल्याउने अनुमति लगेको बताएपनि त्यसको प्रमाण भने बुझाउन सकेनन् । 
उद्योगमा धेरैनै समस्या देखिएको भन्दै प्रदेश सामाजिक विकास मन्त्रालयले भने बाहिरबाट चामल ल्याएर प्रशोधन गर्न पाउनेगरी लगेको अनुमति पत्र पेश गर्न एक दिनको समय दिएको छ । 
सादा बोरामा मसिनो चामल मात्रै रहेको पाइएपछि मन्त्रालयले उद्योगलाई (आज) शुक्रबार सम्म त्यसो गर्नाको कारण पेश गर्न समय दिएको मन्त्री धामीले बताए । एक दिन भित्र कागजात पेश गर्ने समयावधि दिएका छौं, मन्त्री धामीले भने, ‘शुक्रबार सम्म चित्तबुझ्दो कागजात नआएमा नियम अनुसार कारवाहीको प्रक्रिया अघि बढाइने छ ।’ मन्त्री धामीले उपभोक्तालाई ठग्न खोज्ने जो कोहीलाई पनि कानून अनुसार कारवाही गर्ने चेतावनी समेत दिएका छन् । 
‘प्रदेश सरकार जनताको पक्षमा, सुुशासनको पक्षमा काम गर्न कटिबद्ध भएर लागेको छ,’ मन्त्री धामीले भने, ‘उद्योगीलाई सहुलिएत दिने र सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्न सहजिकरण गर्ने काम पनि प्रदेश सरकारले गर्ने छ, तर गठि गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई छैन, त्यसो गर्ने कसैलाई पनि उन्मुक्रि दिइने छैन, कडा कारवाही गरिने छ ।’