धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

निर्वाचित दलित महिला सदस्यको गौरिगंगा स्तरिय सञ्जाल गठन

निर्वाचित दलित महिला सदस्यको गौरिगंगा स्तरिय सञ्जाल गठन

धनगढी कैलालीको गौरिगंगा नगरपालिकामा निर्वाचित भएका दलित महिला वडा सदस्यलाई समेटेर नगर स्तरिय थलो (सञ्जाल) गठन गरिएको

किशोरीको प्रजनन् स्वास्थ्यको संरक्षण गर्न, दलित तथा सिमान्तकृत महिलाको मानव अधिकार संरक्षण, जातीयतथा लैंङ्गीक हिंसा अन्त्यका लागि, नागरिक स्वतन्त्रता तथा स्थानीय सुशासनका सवाललाई दिगोरुपमा समाधानका लागि सहकार्यको वातावरण बनाउन निर्वाचित दलित महिला सदस्यको सञ्जाल गठन गरिएको फेडो कैलालीका संयोजक विनोद घिमिरेले बताए

दलित महिला संघ फेडोको अगुवाईमा गौरिंगामा १५ सदस्यीय नगर स्तरिय सञजालज गठन गरिएको संयोजक घिमिरेले बताए

जसमा ११ जना निर्वाचित दलित महिला सदस्य रहेका छन्, भने जना निवर्तमान दलित महिला सदस्य रहेका छन्

हरेक वडामा दलित महिलाका पक्षमा प्रभावकारी काम गर्न तथा वडा पालिकाबाट दलित महिलाको पक्षमा बजेट विनियोजनका लागि दवाव दिने उद्देश्य सञ्जालको हुने सञ्जालले महिला तथा दलित महिलाको स्तर सुधार गर्न काम गर्ने, पालिका तथा आफ्नो वडामा दलित महिलाका लागि उचित बजेको व्यवस्थापन गर्न दवाव दिन काम गर्ने

वडामा निर्वाचित दलित महिला सदस्यले आफ्ना कुरा सुनुवाई नहुने गरेको भन्ने गुनासो गर्नथालेपछि सामुहिक रुपमा काम गर्न सहजहोस् भन्ने उद्देश्यले सञ्जाल गठन गरेको घिमिरेले बताए सञ्जाल गठन अघि फेडो कैलालीका संयोजक विनोद घिमिरेले सञ्जाल गठनका उद्देश्य योजना समेतटेर तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए

फेडोको मंगलबार धनगढी उप महानगरपालिकामा पनि माया ताम्राकारको संयोजकत्वमा २२ सदस्यीक जनप्रतिनिधि महिलाको सञ्जाल गठन गरेको थियो जसमा १९ वडाका निर्वाचित दलित महिला सदस्य जना निवर्तमान निर्वाचित दलित महिला सदस्य रहेका थिए

सञ्जाललाई प्रभावकारी बनाउन उप प्रमुखको आग्रह

धनगढी धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले दलित महिला सदस्यलाई समेटेर गठन गरिएको सञ्जालललाई प्रभावकारी बनाउन आग्रह गरेकिछन् सञ्जाल गठन कार्यक्रममा सहभागि उप प्रमुख रानाले सञ्चाजालका माध्यामबाट दलित महिला शसक्त हुनु पर्ने त्यसका लागि के कसरी काम गर्ने भन्ने योजना बनाउन सुझाव दिइन्

सवै वडामा सञ्जाललले दलित महिलाका क्षेत्रमा काम गर्न दवाव दिनु पर्दछ, बजेटको व्यवस्थाका लागि पैरवि गर्नु पर्दछ, उप प्रमुख रानाले भनिन्, ‘यो एउटा अवसर पनि हो, यसको सदुपयोग गरेर आफुलाई राजनीतिमा स्थापित गर्ने अवसर हो

रानाले दलित महिला सदस्यलाई आरक्षण छोडेर खुला राजनीतिमा आउन पनि सुझाव दिइन् आरक्षणले व्यक्तिको क्षमता अभिवृद्धिमा सघाउन नपु¥याउने भन्दै उनले खुला राजनीति गर्दा आफुलाई प्रमाणित गर्ने अवसर मिल्ने बताइन् सवै महिला खुला राजनीति गर्न सक्षम छन् जस्तो मलाई लाग्दछ, रानाले भनिन्, ‘तर हामि आँट गर्न सक्दैनौं, जसका कारण पछाडी पछौं, त्यसलाई चिर्नु जरुरी

दलित महिलासंघ फेडोकी कैलाली अध्यक्ष सविना सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेडोका कैलाली संयोजक विनोद घिमिरेले उद्देश्य सहित कार्यपत्र प्रस्तुत गरेका थिए भने सचिव अम्बिका ताम्राकारले कार्यक्रम सञ्चालन गरेकिथिइन्