धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
उज्यालो धनगढी अभियान

तेश्रो चरणमा जडान गरिएका स्मार्ट लाइट उद्घाटन

तेश्रो चरणमा जडान गरिएका स्मार्ट लाइट उद्घाटन

धनगढी धनगढी उप महानगरपालिकाले उज्यालो धनगढी अभियान अन्तरगत तेश्रो चरणमा जडान गरिएका हाई मास लाईट तथा स्मार्ट स्ट्रीट लाइटको उद्घाटन गरेको

उप महानगरले तेश्रो चरणमा धनगढी लेन सडक खण्डको त्रिनगर भन्सार देखि ट्राफिक चौराह सम्म तथा हुलाकी सडकको शुन्य विन्दु देखि कालीका मन्दिर सम्म स्मार्ट लाईट जडान गरेको हो ।

स्मार्ट स्ट्रीट लाईट जडानले धनगढीको सौन्दर्य बढाउन, रातीमा हुने चोरीका घटना न्यूनीकरण गर्न तथा सवारी दुर्घटना न्यूनीकरण गर्न सघाउन पु¥याउने धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले बताए यसले रातिको समयमा ढुंकक संग हिड डुल गर्ने वातावरण बनाउँछ, व्यापार गर्ने समय बढाउँछ, मेयर हमालले भने, ‘चोरीका घटना रोक्ने रातीमा हुने सवारी दुर्घटना न्यूनीरकण गर्न सघाउने

त्रिनगर भन्सार देखि ट्राफिक चौराह सम्म जडान गरिएका स्मार्ट लाईट सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले तथा हुलाकी सडकको शुन्य विन्दु देखि कालीका मन्दिर सम्म जडान गरिएका लाईट सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेस सिंह धामीले मोबाईलको डिभाईस थिचेर उद्घाटन गरेका थिए

सडक बत्ती उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकासम मन्त्री प्रकाश देउवाले नगरको विकासमा आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए उनले धनगढी ट्राफिक चौराहमा पहिलो चरणमा ट्राफिक लाईट जडान गर्ने कार्यको सुरुवात प्रदेश सरकारले गरिररहेको बताए

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेस सिंह धामीले उप महानगरको विकासमा हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए चालु आर्थिक बर्षको बजेट हतार हतारमा निर्माण गर्नुपर्ने भएका कारण धेरै योजना छुटेका भन्दै मन्त्री धामीले आगामी आर्थिक बर्षमा आफु पदमै रहे धनगढीको विकासमा थप टेवा पुग्ने गरी योजना तर्जुमा गर्ने प्रतिबद्धता जनाए मन्त्री धामीले धनगढीको विकासमा साझेदारी आवश्यक रहेको बताए प्रदेश सरकारले आफैले गर्दा विकासको संरक्षणमा समस्या हुनेभएका कारण उप महानगरसंग हातेमालो गरेर गरिने काम मात्रै दिगो हुने मन्त्री धामीले बताए

त्यसैले साझेदारी विकासमा प्रदेश सरकारले कति सहयोग गर्नुपर्नेहो उप महानगरले भनोस्, मन्त्री धामीले भने, ‘त्यस अनुसार बजेट विनियोजन गर्न पहल गर्नुछु

धनगढीका मेयर गोपाल हमालले उज्यालो धनगढी कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने बताए पहिलो चरणमा थारै काम भएको तेश्रो चरण सम्म आईपुग्दा लेन सडक सहति हुलाकी सडक पनि समेटिएको बताउँदै मेयर हमालले भने, ‘चौथो चरणमा मोतिचोक देखि मनेहराको कालिका मन्दिर सम्म धनगढी विमान स्थल देखि लेन सडक सम्म बत्ती जडान गरिने

उनले नगरका १९ वटै वटाको मुख्य व्यापारिक क्षेत्रमा स्थमार्ट लाईट जडान गरी आर्थिक क्षेत्र बनाउने आफ्नो योजना रहेको बताए