धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

भुकम्प पिडित परिवारमा छैन दशैंको रौंनक

भुकम्प पिडित परिवारमा छैन दशैंको रौंनक

धनगढी गत असोज १६ गते गएको भूकम्पका कारण घरबार बिहीन बनेका बाजुराका भूकम्प पीडितको यसपालिको दशैं त्रिपालमा बित्ने भएको भूकम्पका कारण घरबार बिहीन भएका बाजुराको खप्तड छेडेदह गाउँपालिकाका पीडितहरूको परिवारमा विगत वर्ष जस्तो यस वषको दशैंंमा खुशियाली छैन

भूकम्प पीडित सुन्दरा रावतले भनिन्, ‘यस वर्ष भूकम्पका कारण हाम्रो लागि दशैं दसाको रूपमा सावित भएको सबैको घर, घरमा चाडबाडको खुशियाली छाएपनि आफुहरूको घरमा भने के खाने ? कहाँ बस्ने भन्ने चिन्ता

बझाङको तलकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले गर्दा खप्तड छेडेदह गाउँपालिकामा सय ९० घर पूर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए असोज १६ गते यता पटकपटक गएको भूकम्पले सबै भन्दा बढी नोक्सान खप्तड छेडेदह गाउँपालिकामा गरेको उनको भनाइ

जसमध्ये हजार बालबालिका, पाँच सयभन्दा बढी गर्भवती महिला, दुई सयभन्दा बढी वृद्धवृद्धा, एक सयभन्दा बढी अपांगता चार हजार विद्यार्थी विस्थापित रहेको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए रेडक्रस सोसाइटी, युनिसेफ युएनएपिएले पीडितहरूका लागि त्रिपाल, कम्बल केही भाँडाकुँडा वितरण गरेका छन् खप्तड छेडेदह गाउँपालिकामा भूकम्पका कारण १२ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्