धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्षको निधन

बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्षको निधन

धनगढी । बैतडीका एक पूर्व अध्यक्षको निधन भएको जिल्लाको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएको हो सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान निधन भएको उनका भाइ भोजबहादुर बोहराले बताए

डिलाशैनी गाउँपालिका वडा नम्बर घर भएका ४५ वर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। उनि विगत तीन बर्ष देखि क्षेयरोग पिडित थिए । 

नेकपा एमाले बैतडीको सचिवालय सदस्य समेत रहेका बोहराको दुई छोरा दुई छोरी रहेका छन् बोहराको शुक्रवार गृह जिल्ला बैतडीमै दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए