धनगढी पोष्ट
शुक्रबार, १० कार्तिक २०८० मा प्रकाशित
धनगढी । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव बझाङ पठाइएको छ । बिहिबार राति १ बजे नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइएको नेपालीको शव शुक्रबार बिहान बझाङ पठाइएको हो । फ्लाई दुबईको विमानमार्फत बिहिबार बिहान ७ बजे काठमाडौं पुगेको नेपालीको शव राती धनगढी ल्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार राती १ बजे शव धनगढी पुगेको थियो । राती १ बजेनै धनगढी नेत्रालयको एम्बुलेन्समार्फत शवलाई बझाङ् पठाइएको सूचना अधिकारी जोशीले बताए । मृतक गणेशको शुक्रबारनै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने छ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये चार जनाको आइतबार शव आफन्तको जिम्मा लगाइएको थियो । नेपालीको शव बिहिबार राती धनगढी पुगेसंगै पाँच जनाको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । हमास आक्रमणबाट मारिएकामध्ये सात जना सुदूरपश्चिम प्रदेशका छन् ।