धनगढी पोष्ट
शुक्रबार, १० कार्तिक २०८० मा प्रकाशित
धनगढी । नदीमा डुवेर कैलालीको बर्दगोरिया गाउँपालिका कैलालीमा दुई बालकको मृत्यु भएको छ । स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको पुष्टि गरे । उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो ।