धनगढी पोष्ट
शनिबार, १८ कार्तिक २०८० मा प्रकाशित
धनगढी । सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशका पुर्व मुख्यमन्त्री एवमं नेकपा एमाले सुदुरपश्चिम संसदिय दलका नेता राजेन्द्र सिंह रावलसँग लगानी सम्मेलनका बारेमा सल्लाह लिएका छन् । मुख्यमन्त्रीको क्वार्टरमा भएको भेठघाटमा आगामी फागुनमा सुदुरपश्चिम सरकारले गर्न लागेको लगानी सम्मेलनका बारेमा सल्लाह लिएका हुन् ।
सो अवसरमा मुख्यमन्त्री शाहले बैचारिक रुपमा फरक रहे पनि प्रदेशको बिकासका लागि सबै दलहरु मिलेर जानु पर्ने बताएका थिए । प्रदेशको समग्र बिकासका लागि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउदै मुख्यमन्त्री शाहले लगानी सम्मेलन सफल बनाउन रचनात्मक सहयोगको अपेक्षा गरेको बताएका थिए ।
पुर्व मुख्यमन्त्री एवमं नेकपा एमाले सुदुरपश्चिम संसदिय दलका नेता राजेन्द्र सिंह रावलले प्रदेशको समुन्नतिका लागि लगानी सम्मेलन आयोजना गर्नु ठीक कार्य भएको र आफ्नो सहयोग रहने बताएको भेटमा सहभागी पत्रकार राजेन्द्र नाथले बताए । ‘प्रदेश सरकारले गर्ने असल काममा हाम्रो सहयोग रहन्छ ।’ रावलको भनाई उदृत गर्दै पत्रकार नाथले भने ‘प्रदेशको बिकासका लागि योजना बनाएर अघि बढनु राम्रो हुन्छ ।’
पत्रकार नाथका अनु्सार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षतिका लागि प्रदेश सरकारले नगद सहयोग र स्वास्थ्यकर्मी पठाउने कार्य सकारात्मक रहेको भन्दै रावलले बझाङका भुकम्प पीडितहरुका लागि पनि कार्यक्रम बनाउन आग्रह गरेका थिए ।
सुदुरपश्चिम सरकारले आगामी फागुन महिनामा लगानी सम्मेलन गर्दैछ । सुदुरपश्चिम सरकारले शनिबार बिहान बसेको बैठकले जाजरकोटका भुकम्पपीडितहरुका लागि एक करोड नगद सहयोग गर्ने र २० स्वास्थ्यकर्मीको टोल औषधी सहित पठाउने निर्णय गरेको थियो । स्वास्थ्यकर्मीको टोली शनिबार नै गइसकेको छ ।