धनगढी पोष्ट 
                                बिहिबार, २३ कार्तिक २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी  ।  जनता समाजवादी  पार्टीको सुदुरपश्चिम समिति पुनर्गठन भएको छ । भगतराम चौधरीको अध्यक्षतामा प्रदेश समिति पुनर्गठन  भएको हो ।
प्रदेश इन्चार्ज गोविन्द चौधरीको संयोजकत्व, सहनचार्ज  भीम बहादुर थापा र राजनीतिक समिति सदस्य मालमती रानाको सहजीकरणमा ३८ सदस्यीय समिति  चयन भएको हो ।
प्रदेश समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल र संगम सक्सेना,  मुख्य सचिव राजु बम,  सचिव  दल बहादुर घर्तीमगर र दिपेश तिमिल्सैना जैसी रहेको प्रदेश इन्चार्ज गोविन्द चौधरीद्धारा प्रकाशित बिज्ञप्तिमा उल्लेख छ ।