धनगढी पोष्ट शनिबार, १७ कार्तिक २०८१   November 2, 2024

विपिनको रिहाइका लागि आफन्तले गरे परराष्ट्र मन्त्रीसंग अपिल

विपिनको रिहाइका लागि आफन्तले गरे परराष्ट्र मन्त्रीसंग अपिल

धनगढी इजरायलबाट हमासले नियन्त्रणमा लगेका कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि पहल गर्न आफन्तले परराष्ट्रमन्त्री एनपि साउँदसंग अपिल गरेका छन्

मन्त्री साउँदलाई शनिवार महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी आमा पद्मा जोशीले हमास समूहको नियन्त्रणमा रहेका छोराको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् विपिन ४३ दिनदेखि विद्रोही समूह हमासको नियन्त्रणमा छन् चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु ¥यो, मन्त्री साउदलाई विपिनका बुबा आमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको , जसरी पनि सरकारले सकुशल ल्याइदिनु ¥यो भीमदत्त नगरपालिका घर भएका विपिनका बुबा आमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउँदलाई ज्ञापनपत्र समेत पठाएका थिए

भेटघाटका क्रममा मन्त्री साउँदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको बताए कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, मन्त्री साउँदले भने,  ‘हामी पनि यो घटनाबाट चिन्तित छौँ