धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

व्यवसायीको लगानी सुरक्षित हुने व्यवस्था गर्दै छौं  : मन्त्री धामी

व्यवसायीको लगानी सुरक्षित हुने व्यवस्था गर्दै छौं  : मन्त्री धामी

धनगढी सुदुरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले सुदूरपश्चिममा लगानी गर्ने व्यवसायीको लगानी सुरक्षित हुने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्

नेपाल बन पैदावार उधोग ब्यवसायी महासंघ सुदुरपश्चिमको तेश्रो साधारण सभा उद्घाटनका क्रममा मन्त्री धामीले आर्थिक समुन्नतिका लागि ठुला व्यवसाय सञ्चालन हुन अपरिहार्य रहेको बताए लगानी गर्दा व्यवसायिक सुरक्षाको ग्यारेन्टि अपरिहार्य हुने भन्दै मन्त्री धामीले व्यवसायीक लगानीको सुरक्षाको व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको बताए अहिलेको अवस्थामा ब्यवसायीहरुलाई ठुलो पिडा , मन्त्री धामीले भने, ‘अरुका पिडा सम्बोधन गर्न संघ सरकार देखी अन्य निकाय धाउनुपर्छ होला तर बन पैदावार उधोग ब्यवसायीका समस्या यही सरकारले हल गर्ने हो, तपाइहरुको महासंघ भित्र बनपनि पर्छ अनी उधोगपनि हामीले यही क्षेत्रबाट सुदुरपश्चिमको आर्थिक बिकासमा महत्वपुर्ण योगदान दिने भनेका छौँ, त्यस कारणपनि यो क्षेत्रलाई निरुत्साहित हैन प्रोत्साहन हुने वातावरण श्रृजना गर्नुपर्छ

काठ खरिद बिक्रि संकलन गर्ने समय लगायतका बिभिन्न समस्या तपाई बन पैदावार उधोग ब्यवसायीहरुले राख्नुभएको यो मैले बुझेको छु, मन्त्री धामीले भने, ‘तपाइहरुका समस्या छन्, बिगतमा धेरै समस्या थिए आए लगत्तै धेरै कुराको सम्बोधन गरेको छु, बैज्ञानिक बन बन्द गरिएर यहाँको काठ बनमै कुहिने स्थिती भइरहेको थियो त्यसको निराकरणका लागी मन्त्रालयले आधा काम अगाडी बढाइसकेको , बैज्ञानिक अथवा दिगो बन नाम फरक हो यसको परिणाम एउटै हुन्छ त्यस कारण जसरीपनि उपभोक्ता, ब्यवसायी राज्यलाई फाइदा हुने गरी हामी काम गर्ने छौँ

समस्या सबै क्षेत्रमा हुने बताउँदै मन्त्री धामीले प्रदेश सरकारका तर्फबाट समस्या समाधान गर्ने वातावरण मिलाउन आफु तयार रहेको बताए नेपाल बन पैदावार उधोग ब्यवसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष हिक्मत कुँवरको अध्यक्षतामा आयोजित साधारण सभामा कार्यक्रममा नेपाल बन पैदावार उधोग ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मञ्जिल बाबु मास्के, उपाध्यक्ष बिर बहादुर बुढाथोकी, सचिव जिवनाथ पौडेल, डिभिजन बन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेल, केन्द्रिय सदस्य पदम ओझा, केन्द्रिय सल्लाहकार प्रकाशचन्द्र भट्ट, पुर्व केन्द्रिय सदस्य गोकर्ण भट्ट, कृष्ण देउवा, ललित बोहरा लगायतका अतिथीहरुको सहभागिता थियो