धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिम महोत्सवको १७औं संस्करण मंसिर २२ गते देखि, आगलागि पिडित व्यवसायीलाई निशुल्क स्टल दिइने

सुदूरपश्चिम महोत्सवको १७औं संस्करण मंसिर २२ गते देखि, आगलागि पिडित व्यवसायीलाई निशुल्क स्टल दिइने

धनगढी २०६३ साल देखि निरन्तर सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सवको १७औं संस्करण यही मंसिर गते देखि धनगढी शान्तिनगरटोलमा सञ्चालन हुने भएको

महोत्सव पुस गते सम्म सञ्चालन हुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महाँसंघका केन्द्रिय सदस्य पुष्पराज कुँवरले बताए

महोत्सव उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहालबाट गराउने तयारी गरिएको भएपनि अहिलेनै  एकिन नभएको अध्यक्ष कुावरले बताए सुदूरपशिचम प्रदेशको समग्र विकासलाई एजेण्डा बनाउँदै कैलाली उद्योग वाणिज्य संघले सरकारलाई बुदागत रुपमा ध्यानाकर्षण गराउँदै आएको यस पटक पनिधनगढीमा पर्दशनी स्थल लाई मुख्य एजेण्डा बनाउँदै अन्य विभिन्न मागहरु तयार गरिने अध्यक्ष कुँवरले बताए

मंसिर २२ देखि सुरु हुने महोत्सवले संकुचित बनेको अर्थतन्त्रलाई चलाएमान बनाउन भुमिका खेल्ने अपेक्षा उद्योग वाणिज्य संघले गरेको आर्थिक मन्दिका कारण व्यापार, व्यवसाय खुम्चिएको , अध्यक्ष कुँवरले भने, ‘यस्तो अवस्थामा महोत्सवले व्यापार व्यवसायलाई खुकुलो बनाउदै अर्थतन्त्रलाई केही हद सम्म चलायमान बनाउने अध्यक्ष कुँवरले यस पटकको महोत्सवमा सय स्टल राखिएका ती मध्य अधिकांस स्टलमा स्थानीय व्यवसायीले ठाउँ पाउने बताए

ती मध्य पनि धनगढीको मुख्य सडक निर्माणाधिन अवस्थामा रहेका कारण मुख्य सडक क्षेत्रका व्यापारीले स्टल राखे ५० प्रतिशत छुट दिइने मंसिर गते भएको आगलागीका कारण नोक्सानी व्यहोरेका धनगढीका व्यवसायीलाई निशुल्क स्टलको व्यवस्था गरिएको कुँवरले बताए

महोत्सव सञ्चालन गर्न दुई करोड सम्म लगानी लाग्ने अनुमान गरिएको महोत्सव अवधिभर १० करोड सम्मको कारोवार हुने अनुमान गरिएको जनाइएको महोत्सवमा लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उद्योग वणिज्य संघले अवलोकनका लागि साधारण तर्फ प्रतिव्यक्ति एक सय, विद्यार्थीका लागि ५० फरक क्षमता भएका नागरिकका लागि परिचय पत्रका आधारमा निशुल्क अवलकोन गर्ने व्यवस्था गरेको

महोत्सवमा स्थानीय देखि राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारलाई सहभागि गराइने अध्यक्ष कुँवरले बताए १७औं संस्करणको महोत्सव सञ्चालनका लागि उद्योग वाणिज्य संघले अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा मुल समिति तथा अन्य ३० वटा उपसमिति गठन गरेको महोत्सवमा सरकारी निकाय संगै गैर सरकारी संस्थासंगपनि समन्वय गरेर सुरक्षाको व्यवस्था गरिने अध्यक्ष कुँवरले बताए