धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
नवज्योतिको १५औं साधारण सभा

नवज्योति सहकारी द्धारा  १२ करोड ४२ लाख बढी निक्षेप संकलन

नवज्योति सहकारी द्धारा  १२ करोड ४२ लाख बढी निक्षेप संकलन

धनगढी धनगढी स्थित देवहरियामा रहेको नवज्योति कृषि सहकारी संस्था लिमिटेड गत आर्थिक वर्षमा १२ करोड ४२ लाख ४६ हजार सय ४४ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको

आर्थिक बर्ष २०७९÷८० को असार मसान्तसम सो निक्षेप संकलन भएको सहकारीको १५ औं वार्षिक साधारण सभामा जानकारी गराइएको हो

सहकारीले गत आर्थिक वर्षमा १२ करोड ७० लाख ३५ हजार सय ४८ रुपैयाँ निक्षेप संकलन गरेको हो, भने सो अवधिमा १० करोड ३० लाख ३५ हजार सय ९४ रुपैयाँ लगानी गरेको मा गत आर्थिक वर्षमा मात्रै ११ करोड ४९ लाख ९७ हजार सय ८२ रुपैयाँ लगानी गरिएको जनाइएको संस्थाका शेयर सदस्यको आर्थिक स्तर वृद्धि तथा सामाजिक आवश्यकता पूर्ति गर्ने उद्देश्यले सहकारी कर्जा लगानी तथा असुलीलाई सामाजिक आवश्यकता अनुसार परिमार्जन गर्दै कृषि, व्यापार, सवारी, घर निर्माण लगायत शीर्षकमा कर्जा प्रवाह गर्ने तथा शेयर सदस्यलाई स्वरोजगार तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने गतिबिधि गर्ने गरेको

आठ सय ६१ जना शेयर सदस्य रहेको सहकारीमा ५२ लाख २७ हजार सय ६३ रुपैयाँ जगेडा कोष रहेको संस्थाको अधिकृत पुँजी करोड रहेको २०७९ असार मसान्त सम्म संस्थाको कुल शेयर पूजी ८८ लाख ८४ हजार रहेकोमा २०८० असार मसान्त सम्म सो पूजी बढेर करोड १६ लाख ७१ हजार सय पुगेको सहकारीको प्रतिवेदनमा उल्लेखे

सहकारी संस्थाले गत आर्थिक बर्षमा १३ लाख ३१ हजार सय ७४ रुपैयाँ मुनाफा आर्जन गरेको जनाइएको सहकाले चालु आर्थिक बर्षमा लागि भाखा नाघेको कर्जालाई प्रतिशत भन्दा कममा झार्ने, शेयर सदस्य बृद्धि गर्ने, शेयर सदस्यको क्षमता अभिबृद्धि गर्ने, सहकारी शिक्षा प्रदान गर्ने, रसायनिक मलका साथै दैनिक उपभोग्य वस्तुको विक्री वितरण गर्ने, कृषि अनुदानको व्यवस्था मिलाउने लगायतका लक्ष्य राखेको

नवज्योति सहकारीले बार्षिक साधारण सभाका अवसरमा असल ऋणी तथा कर्मचारीलाई सम्मान गरेको असल ऋणी तर्फ पल्टुराम चौधरी, महेन्द्र राना, घनश्याम राना अन्तराम चौधरीलाई सम्मान गरेको

संविधान सभा सदस्य प्यारेलाल राना प्रमुख अतिथी रहेको कार्यक्रम संस्थाका अध्यक्ष सीताराम रानाको अध्यक्षतामा सम्पन्न भएको हो प्रमुख अतिथि  संविधान सभा सदस्य रानाले कृषि क्षेत्रबाट आर्थिक समृद्धि ल्याउन सहकारीको भुमिका अहम रहेको बताए उनले शेयर सदस्यलाई बढी भन्दा बढी सेवा प्रदान गर्न सहकारीलाई आग्रह गरे

कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य मालामती राना, धनगढी उपमहानगरपालिका का वडा अध्यक्ष मोती राना थारु, राष्ट्रिय सहकारी बैंक धनगढीका प्रवन्धक  दिनेश गेलाल, देवहरिया गाउँका भल्मन्सा जगन्नाथ राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए कार्यक्रम सञ्चालन सहकारीका सचिव भिरा रानाले गरेका थिए