धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

जसपा कैलालीको पुनर्गठन, अध्यक्षमा कुश्मी

जसपा कैलालीको पुनर्गठन, अध्यक्षमा कुश्मी

धनगढी जनता समाजवादी पार्टी कैलालीको जिल्ला समिति पुनगर्ठन भएको शनिबार भएको जिल्ला भेलाले जिल्ला अध्यक्ष गया प्रसाद कुश्मीको अध्यक्षतामा समिति पुनर्गठन गरेको हो

पुनर्गठित समितिको उपाध्यक्ष धर्म घर्तीमगर, सचिव बन्दना राना, सहसचिव पदम परियार रुपेश कठरिया तथा कोषाध्यक्ष निलम चौधरी रहेका छन्

 पुनर्गठित जिल्ला समिति २५सदस्यीय

जसपा बिधान अधिवेशनले बनाएको नया बिधान अनुसार जिल्ला समिति पुनर्गठन गरिएको हो

भेलामा केन्द्रिय सदस्य मालमती राना, आरसी यादव, हेमन्त माण्डव्य, जगत भण्डारी, सुदुरपश्चिम प्रदेश अध्यक्ष भगतराम चौधरी, लगायतको सहभागिता रहेको थियो ।