धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

धनगढीमा निःशुल्क शव चिस्यान सेवा

धनगढीमा निःशुल्क शव चिस्यान सेवा

धनगढी धनगढी उप महानगरपालिकाले निशुल्क रुपमा सेवा दिने गरी दुई वटा शव चिस्यान केन्द्र सञ्चालनमा ल्याएको लाख २२ हजार नौ सय ६० रुपैयाँको लागतमा चिस्यान केन्द्र तयार गरी उप महानगरले नागरिकलाई निशुल्क रुपमा प्रयोग गर्न दिने भएको हो

विदेशमा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नु पर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याएको धनगढीका नगर प्रमुख गोपाल हमालले बताए धनगढी उपमहानगरपालिका जनताको साथमा , नागरिकलाई नै केन्द्रमा राखेर हामिले काम गर्दै आएका छौ, नगर प्रमुख हमालले भने, ‘हाम्रा दाजु भाइहरू वैदेशिक रोजगारीमा रहनु भएको हुन्छ, आमा बुवाको सुखका लागि उहाँहरू विदेश जादै आउनु भएको , मृत्युलाई रोक्न सकिदैन, तर, उहाँहरूले आमा बुवाको अनुहारसमेत हेर्न पाउँदैनन्, त्यसतो अवस्था नआओस् भनेर चिस्यान सेवा सुरु गरेका हौ

धनगढी उपमहानगरपालिकाका अनुसार नगर प्रहरीले चिस्यान सेवा आवश्यक परेकाहरूको घरसम्म लैजाने छन् उनीहरूका आफन्तको मृतक शरीर राख्न सहयोग गर्ने छन् विद्युत्बाट सञ्चालन हुने चिस्यान सेवा उपमहानगरपालिकाको गाडीमा घरसम्म पु¥याइनेछ।धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले अन्तिम दर्शनका लागि चिस्यान सेवामा शव सुरक्षीत राख्न सहयोग गरेको बताइन् उनले शव चिस्यान सेवालाई निरन्तरता दिने बताइन