धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

कैलालीका १६ प्रहरी भवन भुकम्पको जोखिममा

जोखिममा प्रहरीलाई काम गर्न समस्या हुन्छ : एसपी पाल

कैलालीका १६ प्रहरी भवन भुकम्पको जोखिममा

धनगढी असोज १६ गते बझाङलाई केन्द्र विन्दु बनाएर आएको भुकम्पका कारण बझाङ बाजुराका केही प्रहरी चौकीमा क्षेति पुगेको चौकिमा क्षेति पुगेपछि त्यहाँ कार्यरत प्रहरी त्रिपालमुनि कार्यालय सञ्चालन गरेर काम गर्न बाध्य छन्

कैलालीमा पनि प्रहरीका केही भवन भुकम्प प्रतिरोधि छैन केही भवन पुर्ण रुपमा असुरक्षित समेत रहेका छन् जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लामा रहेका ५९ प्रहरी चौकी मध्य १६ वटा चौकी भुकम्प प्रतिरोधि छैनन्न ५९ मध्य ४३ प्रहरी चौकीका भवन भने राष्ट्रिय भुकम्प संहिता अनुसार निर्माण भइ सकेका जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरिक्षक सन्तोस बस्यालले बताए

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) देवेन्द्रबहादुर पाल जिल्लाको सवै विवरण लेखापढी गरेर पठाइसकिएको बताउँछन् असुरक्षित ठानिएका भवन पुनः निर्माणका लागि विगत देखिनै पहल भइरहेको भएपनि बजेट नआएको एसपी पालले बताए यो समस्या कैलालीमा मात्रै नभई देशभरकै हो, एसपी पालले भने, ‘कैलालीमा पनि त्यो समस्या , समस्या समाधानका लागि विगत देखिनै पहल हुने गरेको भएपनि बजेट नआउँदा प्रहरीले जोखिम मोलेर बस्नु पर्ने बाध्यता

असुरक्षित संरचनाले प्रहरीलाई सहज रुपमा काम गर्न समस्या हुने उनले बताए २४औं घण्टा जनताको सेवामा खट्नुपर्ने प्रहरी आफै समस्यामा परे काममा केही अवरोध नहुने कुरै भएन, एसपी पालले भने, ‘विपदका वेला जोखिममा रहेका संरचनामा क्षेतिहुँदा महत्वपुर्ण कागजात नष्ट हुन सक्ने हुँदा त्यो झनै ठुलो समस्या बन्न सक्छ

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता एसएसपी प्रज्वल मर्हजन भने जोखिममा रहेका भवनलाई पुनः निर्माण गर्ने क्रम जारी रहेको बताउँछन् भवन पुनर्निमाणका लागि नेपाल प्रहरीको इन्जिनियरिङ शाखानै रहेको बताउँदै एसएसपी महर्जनले इन्जिनियरिङ शाखाले देशभर प्रहरी भवनलाई भुकम्प प्रतिरोधि बनाउने काम गरिरहेको बताए नयाँ भवन भुकम्प संहिता अनुसारनै बनेका छन्, एसएसपी महर्जनले भने, ‘पुराना भवन जोखिममा छन् तराई भेग भन्दा दुर दराजमा रहेका प्रहरी चौकि भुकम्पिय दृष्टिले अझ जोखिममा रहेका उनले बताए दुर दराजमा पुराना संरचना वा अन्य कार्यालय प्रयोजनका लागि बनाएका भवनमा प्रहरी चौकि निर्माण गरिएका छन्, एसएसपी महर्जनले भने, ‘कतिपय चौकि भाडामा पनि सञ्चालन छन्, ती स्थानमा छिटै सुरक्षित संरचना बनाउन प्रहरी केन्द्रिय कार्यालय तल्लिन

जनताको सुरक्षामा २४औं घण्टा खटिनुपर्ने प्रहरी आफु पहिला सुरक्षित हुनुपर्छ भन्ने मान्यता अनुसार प्रहरी हेडक्वाटरले काम गरिरहेको , महर्जनले भने, ‘प्रहरी आफु मानसिक शारिरीक रुमा सुरक्षित भए काम गर्न सहज पनि हुन्छ विपदको समयमा आफै विपद्मा पर्दा प्रहरीलाई जनताको सेवामा लाग्न सहज नहुने उनले बताए विगतमा विभिन्न स्थानमा यस्ता घटना भइसकेका पनि छन्, एसएसपी महर्जनले भने, ‘त्यसतो अवस्थामा प्रहरी पुर्णरुपमा काम गर्न सक्दैन भन्ने हामीले बझेका छौं, त्यसेले जतिसक्दो छिटो भौतिक संरचनालाई सुरक्षित बनाउन केन्द्रिय कार्यालय लागि   परेको