धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

कैलाली, कञ्चनपुरका ७ उद्योगविरुद्ध मुद्दा दायर

कैलाली, कञ्चनपुरका ७ उद्योगविरुद्ध मुद्दा दायर

धनगढी खाद्य ऐन अनुसार सञ्चालन नभएका कैलाली, कञ्चनपुरका वटा उद्योग विरुद्ध खाद्य, प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले नमूना उपर मुद्धा दायर गरेको

खाद्य, प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले कार्यालयले धनगढीमा आयोजना गरेको आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिको प्रगति बिवरण अनुसार जिल्ला प्रशासन कार्यालय कैलाली कञ्चनपुरमा २/२ तथा कैलाली जिल्ला अदालतमा कञ्चनपुर जिल्ला अदालतमा गरी जम्मा वटा प्रतिकुल नमुना उपर मुद्धा दायर गरिएको हो

कार्यालय प्रमुख नवराज दाहालले गत आर्थिक बर्ष देखी लगत सरि आएका ३० उद्योगी ब्यवसायीहरुसँग बयान लिने जिल्ला सरकारी वकील कार्यालयबाट निर्णय निकासा लिने कार्य अघि बढेको जानकारी दिए सो अवधिमा २९ वटा खाद्य उद्योगको दर्ताको सिफारिस, १४ वटा खाद्य उद्योग वटा दाना उद्योगको अनुज्ञापत्र सालवसाली नविकरण वटा खाद्य दाना उद्योगको नयाँ अनुज्ञापत्र जारी गरिएको बताइएको ४३ पटक खाद्य तथा दाना उद्योगको खाद्य निरिक्षक तथा संयुक्त बजार अनुगमन गरिएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख दाहालले जानकारी दिए

खाद्य पदार्थको स्वच्छता गुणस्तर नियमन तर्फ त्रैमासिक अवधीमा खाद्य निरिक्षक तथा संयुक्त बजार अनुगमन टोलीद्धारा खाद्य बजारको सय पटक तथा होटल रेष्टुरेण्टको ६९ पटक अनुगमन गरिएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरु डडेल्धुरा, डोटी बैतडीबाट क्रमशः २०, ६० १५ पटक खाद्य बजार १७, १० पटक होटल रेष्टुरेण्टको अनुगमन भएको यस्तै सुदुरपश्चिम क्षेत्रमा बिभिन्न श्रोतबाट संकलन हुन आएका सय ६६ वटा खाद्य तथा दाना नमूनाहरुको बिश्लेषण गरिएको कार्यालय प्रमुख दाहालले जानकारी दिए