धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

धनगढी बहुउदेश्यीय सहकारीको साधारण सभा सम्पन्न

धनगढी बहुउदेश्यीय सहकारीको साधारण सभा सम्पन्न

धनगढी   धनगढी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको दोश्रो साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको

सो अवसरमा नेफस्कुनका केन्द्रिय संचालक माधव प्रसाद जोशीले बहुउदेश्यीय सहकारीहरु बचत तथा ऋणमा मात्र केन्द्रित नभएर थप सेवाहरु पनि दिन अग्रसर हुनु पर्ने बताए

सहकारीहरु  सदस्य केन्द्रित संस्था भएकाले सदस्यको सहभागिता बढाउन सदस्य केन्द्रित सेवा प्रवाह गर्नु पर्ने जोशीले बताए

धनगढी उपमहानगरपालिकाका सहकारी बिभाग प्रमुख चन्द्रभान वलीले सहकारीहरु उदेश्य केन्द्रित हुन नसक्दा समस्यामा पर्ने गरेको भन्दै सदस्य केन्द्रित भएर जान आग्रह गरे सदस्यहरुले सहकारीले सक्रिय भुमिका निर्वाह गर्नु पर्ने त्यसका लागि सस्थाले भुमिका तयार पार्न आवश्यक रहेको वलीले बताए

सहकारीका अध्यक्ष भोजराज भट्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  नेपाल बीउ व्यवसायी संघका महासचिव इश्वर खनाल, सल्लाकार बिष्णुराज बुर्लाकोटी, कृषि तथा दुग्ध सहकारी संस्था गेटाका अध्यक्ष हर्क बहादुर चन्द, लेखा सुपरिवेक्षण समितिका संयोजक हरि प्रसाद सापकोटा, धनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाहले मन्तव्य व्यक्त गरेका थिए   सचिव बिमलादेवी सिंहले संचालन गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष बिजया केसीले स्वागत सहकारीका प्रवन्ध निर्देशक भुपेन्द्र थापाले आब २०७९।२०८० को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए