गेटा आँखा अस्पतालद्धारा भजनीमा  निशुल्क आखा शिविर संचालन

१५९४ जनालाई निःशुल्क आँखा उपचार सेवा

गेटा आँखा अस्पतालद्धारा भजनीमा  निशुल्क आखा शिविर संचालन

धनगढी नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल भजनी नगरपालिकाको आयोजना भजनमिा सँचालन भएको आँखा शिविरमा हजार शय ९४ जनाले आँखा उपचार सेवा लिएका छन्

टर्किस कोअपरेशन एण्ड कोअर्डिनेसनको सहयोगमा सँचालित उक्त शिविरमा सेवा लिने मध्य २४५ जनालाई मोतिविन्दुको अप्रेशन गरि गुमाएको दृष्टि पुनः प्रदान गरिएको

 गेटा आखा अस्पतालका अनुसार अनुसार शिविरमा हजार शय ४९ जनाले निःशुल्क औषधि उपचार सेवा लिएका छन्

 वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टका अनुसार बिगत लामो समयदेखि उक्त क्षेत्रमा शिविर संचालन गर्न नसकिएकोले सेवा लिने मध्ये आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाईमा रहेका बिरामीहरु धेरै भेटिएका थिए

 गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा सुरेश राज पन्तको नेतृत्वमा संचालित शिविरमा बरिष्ठ नेत्र अधिकृत श्री रमेश चन्द्र भट्ट लगायत १५जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए

शिविरमा नेपाल नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष प्रा डा चेत राज पन्त, सहयागी संस्था टर्किस कोअपरेशन एण्ड कोअर्डिनेसनका पदाधिकारीहरुले निरिक्षण गरेका थिए

सुदुरपश्चिम प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोगमा प्रदेशका वटै जिल्लाहरुमा ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै सेवा पुर्याई रहेको

गेटा आखा अस्पतालले  अस्पताल तथा यस अन्तरगत प्रदेशका वटै जिल्लामा संचालित २३ वटा शाखाहरुबाट उपलब्ध नियमित आखा उपचार उपचार सेवा प्रदान गरिरहेको

 

 

 

 

 

 

 


ट्रेन्डिङ