धनगढी पोष्ट
मङ्गलबार, १९ मङि्सर २०८० मा प्रकाशित
धनगढी । लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन मंगलबार भएका दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी भएका छन् ।
कैलालीको धनगढीमा जारि प्रतियोगितमा समुह सी अन्तर्गतको मंगलबारको पहिलो खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपश्चिमान्चल एकेडेमीलाई ४ विकेटले पराजित गरेको हो । प्रतियोगितामा सुदूरपश्चिमान्चलको यो दोश्रो हार हो ।
सुदूरपश्स्चिमान्चलले दिएको १ शय ११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेका थियो ।
घोडाघोडीको ब्याटिंगमा ओपनर बिपिन बिक्रम शाहीले सर्वाधिक ३१ रनको योगदान दिए । सन्जय बोहराले २२ तथा कृष कार्कीले २० रन बनाए । ८१ रनमा ६ विकेट गुमेको अवस्थामा सन्जय र कृषले अविजित ३२ रनको साझेदारी गर्दै जितसम्म पुरयाए ।
सुदूरपस्चिमान्चलको बलिंगमा बिरेन्द्र चन्द र पारस सुनारले २र२ तथा सौर्य श्रेष्ठ र निसान रेग्मीले १र१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमान्चल एकेडेमीले १८.५ ओभरमा १ शय १० रनमा सबै विकेट गुमाएको थियो ।
सुदूरपस्चिमान्चलको लागि आशिष लुहारले सर्वाधिक ४२ रन योगदान दिए जुन क्रममा उनले ३६ बलमा १ चौका र ४ छक्का प्रहार गरे । सन्दिप बिस्टले २७ तथा किरण कार्कीले १४ रन बनाए ।
घोडाघोडी क्रिकेट एकेडेमीका हरिश बस्नेत एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए । यस्तै संजय बोहराले ३ विकेट लिए भने कृष कार्कीले २ तथा भुपेश जोशीले १ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच अलराउण्ड योगदान दिएका संजय बोहरा घोषित भए ।
मंगलबारको दोश्रो खेलमा समुह ए अन्तर्गत शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले विजयी सुरुवात गर्ने क्रममा खप्तड इन्डोर स्पोट्र्स ट्रेनिंग सेन्टरलाई १ शय १२ रनको विशाल अन्तरले पराजित गरेको छ ।
शुक्लाफांटाले दिएको १ शय ७७ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १५.१ ओभरमा ६४ रन मात्र बनायो ।
खप्तडको लागि पुकार चन्दले १३ तथा प्रकाश पाण्डेले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
खप्तडलाई सस्तोमा सिमित गर्न शुक्लाफांटाका दायाँ हाते पेसर कैलाश ऐर एक्लैले ५ विकेट लिए । प्लेयर अफ द म्याच घोषित ऐरले ३.१ ओभरमा १५ रन खर्चिए । सुशील रावल, भरत चन्द, बसन्त खत्री र सुरज तिरुवाले १र१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिंग गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ९ विकेट गुमाएर १ शय ७६ रन बनाएको थियो ।
शुक्लाफांटाको लागि ओपनर अशोक बिस्टले सर्वाधिक ४१ रन योगदान दिए । उनले ३५ बलमा ६ चौका प्रहार गरे । किरान ठगुन्नाले २२ बलमा ४ चौका र २ छक्का मद्दतले ३५ रन बनाए । बसन्त खत्रीले २३ तथा लोकेश जोशीले २० रन बनाए ।
खप्तड इन्डोर स्पोट्र्सको बलिंगमा रवी बिस्टले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा २१ रन खर्चिए । प्रकाश पाण्डेले २ तथा मुकेश बिस्ट, नगेन्द्र उपाध्याय र दिपक टमाटाले १र१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत चौंथो दिन पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ बजे आयोजक लिटल फ्लावर र घोडाघोडी क्रिकेट एकेडेमी बीच तथा दोश्रो खेल १ बजे कैलाली जिल्ला क्रिकेट क्लब र खप्तड इन्डोर स्पोट्र्स ट्रेनिंग सेन्टर बीच हुनेछ ।