धनगढी पोष्ट
मङ्गलबार, ३० असार २०७७ मा प्रकाशित
धनगढी
पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका १, अछामका २ र कैलालीका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज थपिएका संक्रमितहरुमा शुक्लाफाँटा नगरपालिका–४ का २२ बर्षे पुरुष, साँफेबगर नगरपालिका–११ अछामका २३ बर्षे महिला र २५ बर्षे पुरुष, कैलालीको टिकापुर नगरपालिका–५ का ७४ बर्षे पुरुष, गौरिगंगा नगरपाकिा–४ का ४० बर्षे महिला र लम्किचुहा नगरपालिका–५ की ४० बर्षे महिला र ५० बर्षे पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।