धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

गेटामा लागु औषध दुर्व्यसन बिरुद्धको सचेतना कार्यक्रम

गेटामा लागु औषध दुर्व्यसन बिरुद्धको सचेतना कार्यक्रम

धनगढी गोदावरी नगरपालिका मा लागु औषध दुर्व्यसन सम्बन्धी ¥याली सहित विद्यार्थीसंग अन्तरक्रिया गरिएको

नेपाल प्रहरीकोलागु औषध नियन्त्रण महाँअभियान २०८० अन्तरगत गेटा प्रहरी चौकी गोदावरी नगरपालिका को सहकार्यमा लागुऔष दुव्यसनि सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो

सचेतना कार्यक्रममा वडा नम्बर मा रहेका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो विद्यार्थीलाई लागुऔषध सम्बन्धी जानकारी दिंदै इलाका प्रहरी कार्यालय मालाखेतिका प्रहरी निरिक्षक रबिन्द्र कठायतले समाजमा शान्ति शुव्यवस्था कायम गर्न हरेक नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बताए लागु औषध दुर्व्यसनिका कारण  समाजमा हिंसा कलह बढ्न थालेको , प्रहरी निरिक्षक कठायतले भने, ‘यसलाई नियन्त्रण गर्न विद्यार्थीको भुमिका महत्वपुर्ण हुनेछ

उनले लागु औाषधले गर्ने असरका बारेमा विद्यार्थीले राम्ररी बुझ्न जरुरी रहेको बताए गलत संगत लह लहैमा लागेर धेरै युवा लागु औषधको दलदलमा फस्ने गरेको पाइएको , कठायतले भने, ‘विशेष गरी विद्यार्थी समुह त्यसको सिकार हुने गरेका देखिन्छन्, त्यसैले विद्यार्थीले लागुऔषध दुर्व्यसनिबाट सचेत रहनु जरुरी लागुऔषध प्रयोगका कारण व्यक्ति, परिवार, समाज राष्ट्रलाई क्षेति हुने गरेको उनले बताए दुर्व्यसनिमा परेको व्यक्ति आफु बर्वाद हुन्छ, परिवारलाई बरर्वाद पार्छ, अनि समाज हुँदै राष्ट्रलाई नै नराम्रौ असर गरिरहेको हुन्छ

वडा नम्बर का युवा नेता लोकेन्द्र धामीले गेटामा लागुऔषध प्रयोग कर्ता भेटिनथालेपछि सचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताए

वडा नम्बर का स्थानीय भानदेव पनेरुका अनुसार गेटामा लागु औषध दुर्व्यसनि नियन्त्रण गर्न वडा नम्बर का वडा अध्यक्ष शुद्धिराम चौधरी संयोजक तथा गेटा प्रहरी चौकीका इन्चार्ज दिपेन्द्र बहादुर चन्दको सह संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको सो समितिले वडामा लागुऔषध विक्रि वितरण गर्न रोक लगाउने, सचेतनामुलक कार्यक्रम गर्ने योजना तय गरेको सोही योजना अनुसार शुक्रबार वडा भत्रि रहेका सवै विद्यालयका कक्षा माथिका विद्यार्थीलाई राखेर सचेतनामुलक कार्यक्रा आयोजना गरिएको गेटा प्रहरी चौकीका इन्छार्ज सई दिपेन्द्र बहादुर चन्दले बताए

सचेतना कार्यक्रम अन्तरगत वडा क्षेत्रमा वृहत र्यालीको पनि आयोजना गरिएको थियो र्यालीमा विद्यार्थी, शिक्षक, प्रहरी, नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो