धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
सुदूरपश्चिम प्रदेश लगानी तथा बिकास सम्मेलन मुल तयारी समितिको बैठक

लगानी पर्वद्धनका लागि आवश्यक वातावरण बनाउन नीतिगत सुधार गरिने

लगानी पर्वद्धनका लागि आवश्यक वातावरण बनाउन नीतिगत सुधार गरिने

धनगढी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा लगानी भित्र्याउन आवश्यक वातावरण बनाउने गरी नितीगत सुधार गर्ने निर्णय गरेको

आगामी फागुन २३ २४ गते हुने लगानी तथा बिकास सम्मेलनको तयारी गर्न मुख्यमन्त्रीको अध्यक्षतामा गठित मुल समितिको शनिबार बसेको बैठकले लगानीको वातावरण बनाउन प्रदेश सरकारका तर्फबाट हुन सक्ने नीतिगत सुधार गर्ने निर्णय गरेको हो

 बैठकको समापन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिममा लगानीको वातावरण बनाउन कुनै पनि प्रकारका बन्द हड्ताल गर्न नदिन आवश्यक कानूनी कारवाही गर्ने निर्णय गरिएको बताए

सुदूरपश्चिममा लगानीको वातावरण बनाउन नीतिगत सुधार हुनपर्ने माग बैठकमा आएको थियो, मुख्यमन्त्री शाहले भने, ‘सोही कुरालाई सम्बोधन गर्न प्रदेश सरकारको क्षेत्राधिकारमा रहेर आवश्यक नितीगत सुधार गर्ने निर्णय गरिएको

कैठकले प्रदेशमा लगानी मैत्री वातावरणका लागि कुनै पनि प्रकारका बन्द हड्ताल हुन नदिन कानूनी कारवाहीको बाटोमा जाने निर्णय पनि गरेको

लगानी तथा बिकास सम्मेलनका लागि गठित समितिको शनिबारको बैठकले सदस्यहरुको राय माग गरेको मुख्यमन्त्री शाहले बताए कार्तिक गते बसेको मन्त्री परिषदको बैठकले सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको थियो, मुख्यमन्त्री शाहले भने, ‘सोही निर्णय अनुसार वटै जिल्लाका समन्वय प्रमुख तथा ८८ वटै पालिका प्रमुखलाई बोलाएर उहाँहरुको राय मागेका हौं, उहाँहरुले दिएका सुझावलाई समेटेर आगामी दिनमा प्रदेश सरकारले धारणा बनाउने मुख्यमन्त्री शाहले शनिबारको बैठकमा आएका सुझावलाई समेटेर प्रदेश सरकारले लगानी तथा बिकास सम्मेलनका लागि आफ्नो धारणा बनाउने सो धारणा बनाएपछि पनः अर्को बैठक बस्ने बताए

मुख्यमन्त्री शाहले मुलुकको आर्थिक अवस्था दयनिय भएको अवस्थामा सुदूरपश्चिममा रहेका उद्योगी, व्यवसायीको हौसला बढाउन प्रदेश सरकारको प्रयासमा केही गर्न सकिन्छ भन्ने अठोट लगेर सम्मेलन गर्ने जमर्को गरिएको बताए संघिय तथा प्रदेश सरकारले यस अघि पटकपटक लगानी सम्मेलन गरेर उपलब्धी खासै नदेखिएको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकार उपलब्धी देखिने गरी सममेलन गर्न लागेको उनले बताए विगतका संघिय सरकारले होस् वा प्रदेश सरकारले गरेका सम्मेलनबाट अपेक्षित परिणाम नआएको भन्ने टिकाटिप्पणी हुने गरेका छन्, मुख्यमन्त्री शाहले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारले गर्ने सम्मेलन त्यो भन्दा फरक हुनेछ, हामी परिणाम देखिने गरी काम गर्नेछौं, बिकास सम्मेलनबाट आउने मार्ग निर्देशन नै प्रदेशको बिकासको आधार बन्ने

बैठकमा जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझाले सुदूरपश्चिममा थुप्रै सम्भावना भए पनि लगानीकर्तालाई आकर्षित गर्न सक्नु पर्ने बताए उनले लगानी तथा बिकास सम्मेलनले कृषि, पर्यटन, तथा जलश्रोतलाई मुख्य एजेण्डा बनाउनु पर्ने बताए

कञ्चनपुरको कृषण्पुर नगरपालिकाका मेयर हेमराज ओझाले लगानी सम्मेलनका लागि प्रदेश सरकारको स्पष्ट खाका छिटो ल्याइनु पर्नेमा जोड दिए शिक्षा स्वास्थ्यलाई पनि बिकास सम्मेलनको एजेण्डामा राख्न उनले सुझाव दिएका छन्

मेयर ओझाले लगानी गर्ने संस्था तथा व्यक्तिलाई हाम्रो समाजलेसामन्ती भन्दै आक्षेप लगाउने गरेको काम गर्ने वातावरण नै नहुने गरेको भन्दै त्यस्ता समस्यालाई समाधान गरिनु आवश्यक रहेको बताए

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सुदूरपश्चिममा उपलब्ध कच्चा पदार्थबाट उद्योग सञ्चालन गरी सुदूरपश्चिममै खपत हुने गरी काम गर्न सके समृद्ध प्रदेश बनाउन सकिने बताए त्यसो गर्दा प्रदेश सरकारलाई ठुलो लगानीको खाँचो पनि नपर्ने उनले बताए

सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर धामीले सुदूरपश्चिममा बाह्य लगानी कसरी भित्र्याउने भन्ने बारेमा प्रदेश सरकारले धारणा बनाउनु आवश्यक रहेको बताए

उनले सुदूरपश्चिममा लगानी गर्न चाहने लगानी कर्ताका लागि जग्गा प्राप्ति मुख्य समस्या भएको बताए वनको जग्गामा प्रदेशको स्वामित्व छैन, जग्गा किन्न परे लगानी कर्ता त्यसैमा रुमलिन सक्छ, त्यसैले यस विषयमा प्रदेश सरकारले गहन भएर सोच्नु आवश्यक , शुरुवाती चरणमा लगानी कर्तालाई निशुल्क जग्गा उपलब्ध गराउन सके राम्रो सन्देश जान सक्दछ

बाजुराको त्रिवेणि नगरपालिकाका मेयर कर्ण बहादुर थापाले कम लगानीमा धेरै फाइदा हुने खालका उद्योग सञ्चालन गरी युवालाई रोजगारीमा जोड्ने योजनामा लगानी जुटाउन सुझाव दिए त्यसो गर्दा पहाडी क्षेत्रबाट हुने बसाईसराई रोक्न सकिने उनले बताए

त्यसैगरी डोटीको दिपायल सिलगढी नगरपालिकाका मेयर बाजी सिं खड्काले सुदूरपश्चिम प्रदेश सरकारले गर्न लागेको लगानी तथा बिकास सम्मेलनले सही मार्ग निर्देश गर्नेमा आफु आशावादी रहेको बताए सुदूरपश्चिममा बहुमुल्य खनिज पदार्थ रहेको भन्दै उनले त्यसको उत्खनन् बजारीकरण गर्न सके कायापलट हुन सक्ने बताए त्यसका लागि तत्कालिन दिर्घकालिय योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्

सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले बैठक बस्नु अधि प्रदेश सरकारले आफ्नो धारणा बनाएको भए अझ राम्रो हुने बताए लगानी कसरी भित्र्याउने ? यसअघि भएको वित्तिय सम्मेलनले के फाईदा भयो  भन्ने कुरा प्रदेश सरकारले सुरुवाति चरणमै भन्नु सक्नुपर्नेमा उनले जोड दिए उनले सुदूरपश्चिममा अथाह  सम्भावना भने गरेको दशकौं वितिसकेको अवस्थामा अव काम गरेर देखाउन सक्नुपर्ने बताए

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले बिकास तथा लगानी सम्मेलन गर्दा प्रदेशमा केही लगानी भित्र्याउन छलफल भइरहेको बताए होटेल, पर्यटन क्षेत्रमा लगानी गर्न केही व्यवसायीसंग छलफल भइरहेको उनले बताए