धनगढी पोष्ट
आइतबार, २४ मङि्सर २०८० मा प्रकाशित
धनगढी । औषधि व्यवस्था विभागले कैलालीको एक औषधी पसल बिरुद्ध अदालतमा मुद्धा दर्ता गरेको छ भने तीन औषधी पसललाई सिल गरेको छ ।
कैलालीमा गरिएको अनुगमनका क्रममा नियम अनुसार सँचालन गरिएका नभेटिएका पसलहरु बिरुद्ध कारवाही गरिएको हो । बिभागको टोलीले यही मंसिर १७ गतेदेखि शनिबारसम्म कैलालीमा फार्मेसीहरुको अनुगमन गरेको हो ।
।
औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्र कुमार शाहका अनुसार कैलालीको बर्दगोरिया वडा नम्बर ३ खैरेनी तापस लस्करविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ भने गौरिगंगा नगरपालिका वडा नम्बर १ मञ्श्री आयुर्वेद र श्रीवास्तक मेडिकल तथा अत्तरियामा रहेको श्रीजी सर्जिकल सप्लायर्समा शिलबन्दी गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित भैरव क्लिनिक सिएमएद्धारा सञ्चालित पसल र जेसि होमियो मेडिकल हलले एलोपेथिक औषधि विक्री वितरण गरिएको पाइएपछि सम्पूर्ण औषधि जफत गरि अनुसन्धान अघि बढाइएको छ ।