धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

शिवशिखरका अध्यक्ष केदारनाथ शर्मा सहित चार सँचालकलाई कन्चनपुर लगियो

शिवशिखरका अध्यक्ष केदारनाथ शर्मा सहित चार सँचालकलाई कन्चनपुर लगियो

कञ्चनपुर  शिवशिखर वहुउद्देश्यीय सहकारीका अध्यक्ष सहित चार संचालकलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालले उनीहरुलाई आइतबार कन्चनपुर प्रहरीलाई बुझाएको हो

शेयर सदस्यहरुको  आफ्नो  बचत रकम हिनामिना गरेको उजुरीको अनुसन्धानका लागि उनीहरुलाई कन्चनपुर ल्याइएको प्रहरीले जनाएको

कन्चनपुर ल्याइएकामा सहकारी अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती गीता शर्मा, सहकारीका प्रमुख कार्यकारी अकिृत पुष्कर मल्ल पुर्व सँचालक सदस्य अमिसराज भण्डारी रहेका छन्

सहकारीका सदस्यहरुको उजुरीको अनुसन्धानको क्रममा  ती चारै जना बिगत केही दिनदेखि कैलाली प्रहरीको नियन्त्रणमा रहेका थिए

शिव शिखर सहकारीको महेन्द्रनगर, त्रिभुवनबस्ती बेलौरी शाखाको निक्षेप हिनामिना गरी ठगि गरेको मुद्दामा अनुसन्धानका लागि उनीहरुलाई प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डागीले बताए 

बचत हिनामिना गरी ठगी गरेको भनि हालसम्म ३६७१ जनाले यस कार्यालयमा जाहेरी पेश गरेका छन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी डागीले भनेजाहेरीका आधारमा  अनुसन्धानको क्रममा उक्त सहकारीका पदाधिकारीलाई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको

बचतकर्ताले जम्मा गरेको वचत रकम फिर्ता माग्दा फिर्ता नपाएपछि  कन्चनपुरको महेन्द्रनगर, त्रिभुवनबस्ती बेलौरीका तीन हजार सय ७१ जना बचतकर्ताले सहकारी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका हुन्

उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरुले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार सय रुपैयाँ हिनामिना गरेको बचतकर्ताको आरोप भक्तपुरमा केन्द्रिय कार्यालय रहेको शिवशिखर सहकारी संस्थाका देशभरका विभिन्न ठाउँमा शाखा कार्यालय छन्

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ठगीमा परेका बचतकर्तालाई  शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था विरुद्ध जाहेरी दिन सूचना समेत निकालेको थियो