धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गरायो दुई लाख सहयोग

मृतकका परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार कटिबद्ध छ : मुख्यमन्त्री शाह

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गरायो दुई लाख सहयोग

धनगढी दक्षणी इजरायलमा हमास समुहले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका जना विद्यार्थीका आफन्तलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई÷दुई लाख रहात सहयोग प्रदान गरेको

कमाउ सिक कार्यक्रम अन्तरगत इजरायल पुगेका विद्यार्थी मध्य असोज २० गतेदक्षिण हमासको आक्रमणका क्रममा सुदूरपशिचमका सहित १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो

मंगलबार कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारले मृतक विद्यार्थीका आफन्तलाई घोषणा अनुसारको राहत रकम प्रदान गरेको हो । 

विद्यार्थीको मृत्युपछि असोज २२ गते सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा ज्यान गुमाउन सुदूरपश्चिमका जना विद्यार्थीका परिवारलाई जनही / लाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको थियो

सोही निर्णय अनुसार मंगलबार प्रदेश सरकारले प्रति परिवारलाई दुई/दुई लाखका दरले राहत रकम उपलब्ध गराएको हो सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह नेपालका लागि इजरायलका राजदुतको उपस्थितिमा मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्री शिबराज भट्टले राहत रकम मृतक बिध्यार्थीका आफन्तलाइ प्रदान गरेका हुन

सात अक्टोबर अर्थात असोज २० गते हमास समुहले इजरायलमा गरेको आक्रमणमा परी सुदुरपश्चिम बिश्वविद्ययालयका दश जना बिद्यार्थीको मृत्यु भएको थियो, आक्रमण पछि कञ्चनपुरका बिपिन जोशी अझै पनि हमासको निण्न्त्रणमा रहेको सूचना

आक्रमणमा मारिएका दश मध्य सात जना बिद्यार्थी सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका हुनु सुदूरपश्चिम बिश्वविद्यालय अन्तरगत कृषि क्याम्पस टिकापुरमा अध्ययनरत बिध्यार्थीहरु सिक कमाउ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए इजरायलमा बिद्ययार्थी मारिएपछी सुदुरपश्चिम सरकारले मृतकका परिवारलाइ राहत स्वरुप प्रती परिवार दुई लाख दिने निर्णय गरेको थियो   राहत रकम हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले तत्काल दुई लाख सहयोग गरिएको भएपनि आगामी दिनमा मृतकका परिवारलाइ आवश्यक सहयोग गर्न तत्पर रहने बताए

असोज २० गते हमासले इजरायलमा गरेको आक्रमणमा परी बझाङको जयपृथ्वी नगरपालिका का गणेशकुमार नेपाली, दार्चुलाको मालिकार्जन गाउँपालिका का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम गाउँपालिका का दीपेशराज विष्ट, कैलालीको घोडाघोडी का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ का आशीष चौधरी, डोटीका राजन फुलारा, पदम थापाको मृत्यु भएको थियो

सोही आक्रमणमा परी धनुषा सापही का आनन्द साह, सुनसरी मधुवन का राजेशकुमार स्वर्णकार तथासल्यान शारदा का प्रवेश भण्डारीको पनि मृत्यु भएको थियो